म त गर्छु मन्का कुरा
तिमी रोपछौ छुरा
कसो गरी होला हाम्रो
इच्छा मिठो पुरा
उदाउछौ जुन संग्
म त अस्त हुन्छु
चहक तिम्रो आकास्मा
धरती म त रुन्छु
बादल्को गड्याङ गुडुङ
बिजुलिको छाँट
योवन तिम्रो साच्चै हो कि
हौ तिमी ढाँट्
मोहनीले ढाक्छौ सबै
कटाक्ष्यको रात्
हराउछ मान्छे किन
खोज्छ तिम्रै साथ
