Skip to content

आसक्त प्रेम !

खोली दीएको छु बैचैनी मेरो
पस्कें मुटु अब छैन मेरो
हेरछु मुहार हर दीन रात साथ
न हौ टाढा न छोडाउ हात

न बन निर्मम कलीलो छ प्रेम
छुटाइ जाँदा होला नी शरम
मन्को छ बाढी मन्मा पसेको
कुरा हो मन्को तिमीलाई भनेको

बसन्ती सब वास मग्मगाइ रहेछ
पल्लव झैं मन मुस्काइ रहेछ
देउ जिवन आज गर बोल मिठो
अलोकिक बनोस यो प्रेम चोखो

ती नयन मुहार गाल रशीला
ती अंग भाव मद भरीएका
थोपा थोपा रसको छ त्यो त स्वाद
बसेउँ क्षण केहि न गर वर्वाद
बसेउँ क्षण केहि न गर वर्वाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *