न जलाउ न जलाउ न जलाउ देश
रगत पुर्खाको आँशु आमाको न जलाउ देश
जात जाती सबै एउटै राखौ बोली एक
छेडन सक्छौं झेल्न सक्छौं लाखों शत्रू भेष
बिदेसिको इसारामा न बाँटियौँ आज
हाम्रो तराई पहाड छ छ हिमाल ताज
तिर्खाएर वीदेशिले हाम्रो पानी खोज्छन
जडीबुटी हिमाल्को तीनै पिउन खोज्छन
हामी भित्र रोपी बिभेद वीदेसी त्यो हाँस्छ्
पारी रूग्ण हामी लाई शत्रू मास्न खोज्छ
बुझौं मधेस पहाड हामी हिमालका जनता
आमा एउटै हाम्रो हो है बोकाउँ शत्रु गुन्टा
चल्खेल वीदेसिको भाँडछ हाम्रै घर
चेतौँ चेतौँ अब सबै न मानेर धक
न जलाउ न जलाउ न जलाउ देश
रगत पुर्खाको आँशु आमाको न जलाउ देश
