Skip to content

देवीचरण भण्डारी

नसोध मेरो सिउँदो……

‘नसोध मेरो सिउँदो…’

नखोज मलाई तिमी आफ्नै भनी ठानेर ।
नसोध मेरो सिउँदो कस्ले भर्यो भनेर।
सायद त्यो भूल थियो चिन्नै नसक्नु मैँले।
वा एक सपना थियो सोच्तै सोचिँन कैले।।

छहारी एक शितल देखेर तिमी रोजेँ।
र ढुक्क भै तिमीमा समाहित हुँन खोजेँ।।
निर्लज्ज खेल्न खोज्यौ गुडिया सरी मानेर।
नसोध मेरो सिउँदो कस्ले भर्यो भनेर।।

पवित्र प्रेम भित्र डरलाग्दो हुन्छ स्वार्थ।
किन्चित थिएन थाहै खोज्दैछु ऐले अर्थ।।
बसौँ म मात्र किन दिनरात औँला गनेर।
नसोध मेरो सिउँदो कस्ले भर्यो भनेर।।

सुनकोशीमा पैह्रो गयो

सुनकोशीमा पैह्रो गयो बग्यो भेल आँशुको
चोक्टा लाम्टा खोज्नु पर्ने मूल्य छैन मान्छेको

नियतिले उजाडेको बाँच्नेहरूको सपना
कल्पिन नैँ नसकिने त्रासदी त्यो कल्पना
कति मरे अङ्गभङ्ग कति भए अपाङ्ग
सम्झदा निँ काप्छ मुटु आङ हुन्छ सिरिङ्ग

खोजेर मिल्थ्यो कहाँ ?

जलेर मन खरानी लाएर त्यै सिरानी
खोजेर मिल्थ्यो काहाँ नवीन त्यो बिहानी

बोलौँ म के र बोली त्यसै हराए जस्तो
मधुर मेरा बाणी त्यसै कराए जस्तो
गलेर तन् भो भारी हिडनु छ पाइला तानी
खोजेर मिल्थ्यो काहाँ चाहेको त्यो निसानी

कस्ले हेर्यो पैले?

पारीबाट उनले हेरिन् वारीबाट मैँले
दुवैलाई थाहा छैन कस्ले हेर्यौ पैले ?

मनको निर्झर टापु भित्र बाग वसन्तीको
सजिदैछ भित्रभित्रै नजर पर्दा उनको
उताबाट उनले हेरिन् यताबाट मैँले
दुवैलाई थाहा छैन कस्ले हेर्यो पैले?

जान्ने कसरी?

गीत

जान्ने कसरी …?

तिम्रो मनमा के चल्याछ जान्ने कसरी ?
तिम्ले मलाई माया गर्छ्यौ ठान्ने कसरी ?

भेट हुँदा लजाएर बोल्दै नबोल्ने
मनको गाँठो फुकाएर खोल्दै नखोल्ने
भित्र भित्रै रोज्यौ मलाई मान्ने कसरी ?
तिम्रो मनमा के चल्याछ जान्ने कसरी ?

सीधा आँखा पारी मलाई हेर्दै नहेर्ने
थाहा पाउला कि भनि स्वाश फेर्दै नफेर्ने
छाती भित्र लुकाई राख्या ठान्ने कसरी?
तिम्रो मनमा के चल्याछ जान्ने कसरी?

लेखेँउनी माथि

लेखेँ उनी माथि….

बेदनाले भरिएको देखेँ उनको छाती
त्यै भएर गीत यौटा लेखेँ उनी माथी।

जीन्दगी हो घाम छाया दुख-सुख आउँछ
कैले आकाश सफा हुन्छ कैले बादल छाउँछ।
अँध्यारो र उज्यालोकै बीच बाँच्नु पर्छ
मुटु माथि ढुङ्गा राखी पनि हाँस्नु पर्छ।

रात मात्रै हुन्न सधैँ उज्यालो नि झर्छ
त्यो उज्यालो मुर्झाएर फेरी रात पर्छ।
दिन-रात्कै बीच हाम्रो जीवन चल्ने गर्छ
बिना बादल आकाशमा पानी कहाँ पर्छ?।

कैले झरी कैले हुरी कैले गर्मी जाडो
समयको रीत हो यो मान्नु हुन्न गारो।
सम्झौता हो जीन्दगी यो गर्दै जानु पर्छ
जस्तो आउँछ परिस्थिति चल्दै जानु पर्छ।

गमलाको फूल झैं

गमलाको फूल झैं …

गमलाको फूल जस्तै जीवन फुल्न पाए
माहुरी झैँ परिश्रमले त्यसमा भुल्न पाए
कति सुन्दर बन्थ्यो होला यो जिन्दगी हाम्रो
दुनियाले भन्ने थियो अहा कति राम्रो

अड्कलेको पानी पनि पुग्ने जरा-जरा
गमलामै ढकमक फुली दिन्छ बरा
मग-मग दिन्छ बास्ना खिच्छ हाम्रो मन
स्वच्छ बन्छ मनमस्तिस्क चंगा हुन्छ तन

ओहो कति गरौ बर्णन गमलाको फूल
थुंगा-थुंगा बैंश नाच्छ सौन्दर्यको मूल
मोहित पार्ने सबैलाई धन्य तिमी फूल
छुटायेंकी अझै केहि भयो कि क्येई भूल

भित्री आँखा सुन्दर भए संसार पनि सुन्दर
भित्री आँखा कुरूप भए कुरूप नै छ संसार
गमलाको फूल जस्तै बनाउ भित्री आँखा

कविता काब्य लेख्त छु

कविता काब्य लेख्त छु

बसन्ती बाग झैँ तिम्रो रुप माधुर्य देख्तछु
नसकी बस्न म त्यसै कविता -काब्य लेख्तछु |

मेनका उर्बसी सारा तिम्रा सामु सबै फिका
लगाउछु सधै तिम्रो रुप -लावान्यको टिका

पाई स्पर्श मायाको न्यानोपनको अनुभूति
रोमान्चित हुन पुग्छु म काप्छ्न् रोम कति-कति

ब्रम्हाले पनि के सक्लान् म के सक्छु र बर्णन
गर्न म रुपको तिम्रो गर्छु यो दिल समर्पण

सुन्दरता मै छ आनन्द यसैमा शुख तृप्ती छ
बैराग्य हुन्न यसमा आभा ,कान्ति र दीप्ति छ

हराउन चाहान्छु म तिमीमा मद-होसले
कराउन चाहान्छु म प्रदीप्त भई जोसले

देविचरण भण्डारी “सरोज “

बोलौँ कि नबोलौं भाको छ

गीत

बोलौ कि नबोलौ भाको छ
नबोलौ देश बर्बाद भाको छ

जता ततै बेथिति छ छैन नियम कानून
किन यस्तो भईराछ नेताले नै जानुन

कुरा भने चिल्ला गर्छन् काम भने खस्रो
यत्रो वर्ष बिती सक्यो खै के गरे भुत्रो

आफ्नै घर-परिवारमा सधैको रडाको
सोधौ तिनै नेतालाई किन यस्तो भाको

आफ्नो कुरा मात्रै सही जेसुकै होस् देश
आवरण एउटा छ भित्र अर्कै भेस

यो चालाले हुन्न सधै अब सोच्नु पर्छ
हिमाल पहाड तराईमा फूल रोप्नु पर्छ

यही संदेश छरौं

कविता

यही संदेश छरौं

सिरिरिरी बतास चल्यो हल्लाउदै पात
काटता रगत रातै आँउछ मान्छे मेरो जात |
बाहुन-छेत्री मगर-गुरुङ राइ-लिम्बु थारु
झागड धिमाल नेवार तामांग जात अरु-अरु|

मतवाली र तागाधारी बन्नु छैन मलाई
भड्काउ छ सद्भाव यसले राख पार्छ जलाई |
वल्लो घर पल्लो घर पानी बाराबार
यति मात्रै कहाँ हो र हुन्छ मारामार |

जात-जातिकै नाममा कति बगेको छ रगत
दुख-कस्ट पीडा मात्रै पाउँदो छ फगत|
संसारका कति देश जात-जातिका नाममा
सोत्तर भई मरेका छन् मान्छे ठाउँ-ठाउँमा|

बुद्धको देश नेपालमा जानदा-जानदै पनि
जात-जातिकै कुरा गरछौ नजाने झैँ बनि |
बर्गीयता नबुझेर जातका पछी लाग्यौं

नेता न दुखे हुन्छ

कविता

नेता न दुखे हुन्छ

दुखेर देश के भो नेता नदुखे हुन्छ
नदी सुकेर के भो नेता नसुके हुन्छ
लडेर देश के भो नेता उभिए पुग्छ
झुकेर देश के भो नेता चुलिए पुग्छ

यस्तै छ देश हाम्रो नेता यिनै हुन् हाम्रा
प्राडो-पजेरो चढ्छन् छन् यी चिल्ला र राम्रा
तारे होटेल र रिसोर्ट भोजन रोजाई यिनका
रित्तिन्छ धन देशको फुपुको श्राद्ध तिनका

चिल्ला र चिप्ला गर्छन् कुरा असाध्य मीठा
मन्त्रमुग्ध छन् जनता सुनेर कुरा यिनका
अभिसाप लाग्न थाल्यो नेता मलाई आज
लिदा नि नाम यिनको लाग्छ मलाई लाज

गाउँ बस्तीको गीत

गीत

गाउँ बस्तीको गीत

गाउँबस्ती झुपडीको उस्तै देख्छु ब्यथा
परिवर्तन छैन केही उही पुरानै कथा

भोक उही शोक उही रोग नया नया
हाँसो खुशी मनोरंजन छैन जीवनमा

बदलियो भन्थे परिवेश यथास्थिति पनि
उस्तै देख्छु फरक मैंले पाइन कतै पनि

झुपडी झन् जीर्ण बन्दै गैराछ दिनदिन
एठन हुन्छ अभावले तिनलाई छिन्छिन्

तिनका निम्ति बोली दिने छैन कोही पनि
आफ्नै मात्र स्वार्थ बोल्छन् अविवेकी बनि

यो पाराले हुन्न अब ब्युँझ गाउँबस्ती
कहिलेसम्म सही बस्छौ सधैं दुखसास्ती

तिमीले पनि अरु समान बाँच्न पाउनु पर्छ
अरु समान अघि बढ्दै हाँस्न

आज अनायसै

पुरानो सम्झना

घुम्टो ओडी सजिएर बेहुली भाको दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

बेहुलो बनि गम्कियेर तिम्रो छेउ बस्दा
एकै चोटी दुनियाको नजर आई खस्दा
रातो पिरो तीतो टर्रो सबै भाको दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

त्यो क्षणको रुप तिम्रो अनि माधुर्यता
अहा कति सुखद थियो तिम्रो समिपता
दुवै मिली मण्डपमा हामी घुम्या दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

अन्माएर तिमीलाई रात साँझ गरी
ल्याउँदा पनि तिमीलाई हेर्थें घरी घरी
थाहै नपाई तेईस बर्ष पुरा भए दिन
चोरी दाउले अझै पनि हेर्छु छिन छिन

देवीचरण भण्डारी “सरोज”

पुरानो सम्झना

घुम्टो ओडी सजिएर बेहुली भाको दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

बेहुलो बनि गम्किएर तिम्रो छेउ बस्दा
एकै चोटी दुनियाको नजर आई खस्दा
रातो पिरो तीतो टर्रो सबै भाको दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

नया बर्षको शुभकामना

“नया बर्षको शुभकामना”

पखाली धमिलो दाग धर्ती बनोस हराभरा
उब्जिउन अन्न र बाली लटरम्म गरा गरा
फुलुन बेली र चमेली छर्दै सुवास वागमा
पुगोस खान सबैलाई मीठो मसिनो भागमा

नहुन् कोही दुखी रोगी नहोस हिँसा कतै पनि
बसौं सबै मिलीजुली शान्त सुन्दर सुखी बनि
समता साथ ममता जागोस भन्ने छ चाहना
अरु के सक्छु र दिन दिएँ यही शुभकामना
·

आयो तिहार

कविता

“तिहार”

आयो तिहार
हाम्रो तिहार
एक आपसमा
लाउँदै पियार

देउसी र भैलो
मादलको ताल
कतै भेटिन्छ
जुवाको खाल

छमछमी नाचतै
देउसीरे खेल्दै
आफ्नो संस्कृति
जोगाऔं भन्दै

गाउँ र शहर
टोलटोल भित्र
गाना बजाना
भाका बिचित्र

कतै छन् बालक
कतै छन् युवा
कतै छन् काका
कतै हजुरबा

हाम्रो संस्कृति
हाम्रो सभ्यता
पहिचान हाम्रो
हाम्रो शिष्टता

हैसियत आफ्नो
हेरी मनाउँ
बिकृति विसंगति
सब घटाऔं

नखेलौं जुवा
नखेलौं तास
छोरा-छोरीको
काटेर गाँस

सुसभ्य संस्कार
देखाऔं नढाटी
चाडबाड मनऔं
छामेर घाँटी

आयो तिहार
हाम्रो तिहार
सबैले भनौं

आत्मानुभूति

टपक्क टिपी फूल यो चटक्क लाउँ शिरमा
धपक्क बाली दीप यो झपक्क छाउँ भिरमा
लमक्क लम्किदै अघि तनक्क तन्किदै बडुँ
गमक्क गम्किदै सदा थपक्क टाकुरा चडुँ