Skip to content

सुनकोशीमा पैह्रो गयो

सुनकोशीमा पैह्रो गयो बग्यो भेल आँशुको
चोक्टा लाम्टा खोज्नु पर्ने मूल्य छैन मान्छेको

नियतिले उजाडेको बाँच्नेहरूको सपना
कल्पिन नैँ नसकिने त्रासदी त्यो कल्पना
कति मरे अङ्गभङ्ग कति भए अपाङ्ग
सम्झदा निँ काप्छ मुटु आङ हुन्छ सिरिङ्ग

सुनकोशीमा पैह्रो गयो बग्यो भेल आँशुको
चोक्टा लाम्टा खोज्नु पर्ने मूल्य छैन मान्छेको

गुहार मलाई बचाउ भन्दै गरे होलान् चित्कार
आतेसमा ईश्वर भन्दै गरे होलान् पुकार
कस्ले सुन्थ्यो चित्कार तिन्को बैरो थियो ईश्वर
घर सङ्गै बगे मान्छे पैह्रोभित्र सोत्तर

सुनकोशीमा पैह्रो गयो बग्यो भेल आँशुको
चोक्टा लाम्टा खोज्नु पर्ने मूल्य छैन मान्छेको

ठूला साना बृद्ध बालक न त छाड्यो रोगीलाई
किन लाग्थ्यो दुख पीर मान्छे खाने भोगीलाई
पशुपक्षी क्यै भनेन सबै पुर्यो माटोमा
चिनोवानो क्यै छाडेन मान्छे हिड्ने बाटोमा

सुनकोशीमा पैह्रो गयो बग्यो भेल आँशुको
चोक्टा लाम्टा खोज्नु पर्ने मूल्य छैन मान्छेको

सडे मान्छे पैह्रो भित्र दुर्गन्ध भो पहाड
प्रकृतिको सुन्दर सृष्टि रातारात भो उजाड
नियतिको खेल कस्तो बुझ्नलाई गाह्रो भो
सुनकोशीको गैरो घाउ भूल्नलाई साह्रो भो

सुनकोशीमा पैह्रो गयो बग्यो भेल आँशुको
चोक्टा लाम्टा खोज्नु पर्ने मूल्य छैन मान्छेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *