Skip to content

कविता

यही संदेश छरौं

सिरिरिरी बतास चल्यो हल्लाउदै पात
काटता रगत रातै आँउछ मान्छे मेरो जात |
बाहुन-छेत्री मगर-गुरुङ राइ-लिम्बु थारु
झागड धिमाल नेवार तामांग जात अरु-अरु|

मतवाली र तागाधारी बन्नु छैन मलाई
भड्काउ छ सद्भाव यसले राख पार्छ जलाई |
वल्लो घर पल्लो घर पानी बाराबार
यति मात्रै कहाँ हो र हुन्छ मारामार |

जात-जातिकै नाममा कति बगेको छ रगत
दुख-कस्ट पीडा मात्रै पाउँदो छ फगत|
संसारका कति देश जात-जातिका नाममा
सोत्तर भई मरेका छन् मान्छे ठाउँ-ठाउँमा|

बुद्धको देश नेपालमा जानदा-जानदै पनि
जात-जातिकै कुरा गरछौ नजाने झैँ बनि |
बर्गीयता नबुझेर जातका पछी लाग्यौं
कसले दियो गुरुमन्त्र बाटो बिराई भाग्यौं |

छोडौं अब जात-जातिका कुरा गर्न हामी
वर्ग हितले उठ्छ समाज यसलाई सत्य ठानी|
बर्ग भेद अन्त्य गर्न सबै लागि परौँ
उज्यालो छ नेपाल हाम्रो यही सन्देस छरौं |

Leave a Reply

Your email address will not be published. Required fields are marked *