आओस यौटा सुन्दर बिहानी
लेखोस त्यसले सुखद कहानी
जुरुक्क भोका र नांगा उठाओस्
खुरुक्क एकै लयमा जुटाओस्
बोकेर पहाड मधेस झारोस्
मधेस च्यापेर पहाड लागोस्
हिमालका चम्-चम टाकुरामा
उर्जा भरोस् एक्-एक पाखुरामा
मैमत्त भई बादशाह जो ठान्छन्
भुसुनासरी जो अरुलाई मान्छन्
जो बन्दछन् हिटलरी घोड सवार
जो गर्दछन् दम्भ हजार बार
पारेर तिनको सब दम्भ चूर्ण
चिरेर अन्याय र न्याय गर्न
आओस यौटा सुन्दर बिहानी
लेखोस त्यसले सुन्दर बिहानी
