Skip to content

कस्ले हेर्यो पैले?


पारीबाट उनले हेरिन् वारीबाट मैँले
दुवैलाई थाहा छैन कस्ले हेर्यौ पैले ?

मनको निर्झर टापु भित्र बाग वसन्तीको
सजिदैछ भित्रभित्रै नजर पर्दा उनको
उताबाट उनले हेरिन् यताबाट मैँले
दुवैलाई थाहा छैन कस्ले हेर्यो पैले?

खढेरीमा पनि फूल फुल्छ फूल्छ जस्तो
वसन्तै पो आउला जस्तो नजर् उन्को कस्तो ?
त्यताबाट उनले हेरिन् यताबाट मैँले
दुवैलाई थाहा छैन कस्ले हेर्यो पैले?।

Leave a Reply

Your email address will not be published. Required fields are marked *