टपक्क टिपी फूल यो चटक्क लाउँ शिरमा
धपक्क बाली दीप यो झपक्क छाउँ भिरमा
लमक्क लम्किदै अघि तनक्क तन्किदै बडुँ
गमक्क गम्किदै सदा थपक्क टाकुरा चडुँ
सनक्क सन्किदै कोही झनक्क भै नझन्किनु
रनक्क भै कसैसँग किमार्थ लौ नरन्किनु
फनक्क फन्किदै कतै कोही पनि नफन्किनु
गजक्क भै गजक्किदै कसैसँग नबम्किनु
छ सृष्टि यो अनन्त लौ अनन्तमै रमाउनु
बुझे सदा बशन्त त्यो बशन्तमै हराउनु
म सोच्तछु म रोज्दछु म खोज्दछु सधैँ सधैँ
सदा सुखी सदा खुशी नहोस क्लेस लौ कतै
