जलेर मन खरानी लाएर त्यै सिरानी
खोजेर मिल्थ्यो काहाँ नवीन त्यो बिहानी
बोलौँ म के र बोली त्यसै हराए जस्तो
मधुर मेरा बाणी त्यसै कराए जस्तो
गलेर तन् भो भारी हिडनु छ पाइला तानी
खोजेर मिल्थ्यो काहाँ चाहेको त्यो निसानी
झरेको फूल जस्तो उजाड जिन्दगानी
सक्तिन भन्न मेरा अतितका कहानी
फुटेर मूल कोशी आँखा भरि छ पानी
खोजेर मिल्थ्यो काहाँ ऐश्वर्यको त्यो खानी
