गीत
बोलौ कि नबोलौ भाको छ
नबोलौ देश बर्बाद भाको छ
जता ततै बेथिति छ छैन नियम कानून
किन यस्तो भईराछ नेताले नै जानुन
कुरा भने चिल्ला गर्छन् काम भने खस्रो
यत्रो वर्ष बिती सक्यो खै के गरे भुत्रो
आफ्नै घर-परिवारमा सधैको रडाको
सोधौ तिनै नेतालाई किन यस्तो भाको
आफ्नो कुरा मात्रै सही जेसुकै होस् देश
आवरण एउटा छ भित्र अर्कै भेस
यो चालाले हुन्न सधै अब सोच्नु पर्छ
हिमाल पहाड तराईमा फूल रोप्नु पर्छ
