Skip to content


दैव आई सारा खुशी लुट्दा कति रोयौ होला
ती हातका राताचुरा, फुट्दा कति रोयौ होला

जीवनभर सगै रम्ने मनमा धोको हजार हुँदा
साराखुशी सिसासरि टुट्दा कति रोयौ होला

सिउदोमाथि सजिएको त्यो रातो सिंदुरलाई
पुछ्’न भनी सिँगो समाज जुट्दा कति रोयौ होला

सगै जीउँने सगै मर्ने इच्छा मनमा हुदा हुँदै
आचनक त्यो मेरोसाथ छुट्दा कति रोयौ होला

अन्तर त्यो आत्मादेखि चीत्कारदै कति मलाई
आगनीबाट मेरोलास,उठ्दा कति रोयौ होला

डिल्ली प्रसाद खराल”घायल”
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *