Skip to content

बर्सौ भो बिछोड भाको



बर्षौँ भो बिछोड भाको भुल्न अजै सक्या छैन
कोपिलामै दाग लाग्दा फुल्न अजै सक्या छैन ?

मुटु जल्ने ज्यानै गल्नी कस्तो नसा अतितको
खुशीमनले आजसम्म डुल्न अजै सक्या छैन ?

पश्चतापको भुमरीमा मुटु जल्नु जलेपछि
मुस्कान यो मुहारको खुल्न अजै सक्या छैन ?

कठै भनी पिंडामेरो बुज्नी कोही नहुदा
त्यसैले त दिल्माकोही हुल्न अजै सक्या छैन ?

उमङ्गका बाटाहरूमा बिरह को भेल चल्दा
कयौ रात बिते तर झुल्न अजै सक्या छैन ?

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
feedback:-dilipkharal@gmail.com,

Leave a Reply

Your email address will not be published. Required fields are marked *