
बर्षौँ भो बिछोड भाको भुल्न अजै सक्या छैन
कोपिलामै दाग लाग्दा फुल्न अजै सक्या छैन ?
मुटु जल्ने ज्यानै गल्नी कस्तो नसा अतितको
खुशीमनले आजसम्म डुल्न अजै सक्या छैन ?
पश्चतापको भुमरीमा मुटु जल्नु जलेपछि
मुस्कान यो मुहारको खुल्न अजै सक्या छैन ?
कठै भनी पिंडामेरो बुज्नी कोही नहुदा
त्यसैले त दिल्माकोही हुल्न अजै सक्या छैन ?
उमङ्गका बाटाहरूमा बिरह को भेल चल्दा
कयौ रात बिते तर झुल्न अजै सक्या छैन ?
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
feedback:-dilipkharal@gmail.com,
