
सँगै यात्रा गर्दै थिएँ छुटेर गयौ तिमी
झर्याम झुरुम सिसा जस्तै फुटेर गयौ तिमी
शीतलताको न्यानोपनमा रम्न थालेको थे
एकलौटी मायाँ मेरो लुटेर गयौ तिमी
मनको भारी बिसाउन जब मैले दिए ठाउँ
यो मुटुमा जथाभावी खुटेर गयौ तिमी
नयनबाट बर्खे झरी उर्लिएर बग्दै गर्दा
आँधी हुरी असिनाले चुटेर गयौ तिमी
सुवास छर्दै सँगै फुल्ने इच्छा मेरो हुँदा हुँदै
खडेरीको त्यो रापले झैं भुटेर गयौ तिमी
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई”
