Skip to content

सँगै यात्रा गर्दै थिएँ



सँगै यात्रा गर्दै थिएँ छुटेर गयौ तिमी
झर्याम झुरुम सिसा जस्तै फुटेर गयौ तिमी

शीतलताको न्यानोपनमा रम्न थालेको थे
एकलौटी मायाँ मेरो लुटेर गयौ तिमी

मनको भारी बिसाउन जब मैले दिए ठाउँ
यो मुटुमा जथाभावी खुटेर गयौ तिमी

नयनबाट बर्खे झरी उर्लिएर बग्दै गर्दा
आँधी हुरी असिनाले चुटेर गयौ तिमी

सुवास छर्दै सँगै फुल्ने इच्छा मेरो हुँदा हुँदै
खडेरीको त्यो रापले झैं भुटेर गयौ तिमी

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *