Skip to content

मुटु भित्र आधि हुरी चल्यो र त ,



मुटुभित्र आधि हुरी चल्यो र त पिउन थाले
जिन्दगीले आफैलाई छल्यो र त पिउन थाले ?

गगनमा चरी झैं उड्ने ईच्या चाह हुदा
भित्र भित्रै हृदय यो गल्यो र त पिउन थाले ?

पीडा लुकाई हास्न खोज्दा मुटु सत्रु बनेपछि
आधुरो सपना तेसै जल्यो र त पिउन थाले ?

आँशु छर्की मन्को आगो,निभाउछु भन्दै थिए
धिप धिपि जिन्दगी यो बल्यो र त पिउन थाले ?

सजियका सपनाहरू सिसा सरि चार्किदिदा
विश्वासको सगरमाथा ढल्यो र त पिउन थाले ?

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
feedback:-dilipkharal@gmail.com,

Leave a Reply

Your email address will not be published. Required fields are marked *