Skip to content

चिँरेर हेर मुटुमा मेरो’


चिरेर हेर मुटुमा मेरो दु:खेको देख्छौ आफैं
रगतका कति तालहरू सुकेको देख्छौ आफैं

भित्रभित्रै पिल्सिएर दुनियाँ सामु हाँसे पनि
निहाली हेर त मुहार मेरो झुकेको देख्छौ आफैं

खहरे झैं उर्लिएको निर्दोष मेरो आँशुलाई सोध
हृदयभित्र चित्कार कति लुकेको देख्छौ आफैं

वरिपरि घुम्दै गिद्धले लुछेको त्यो लासलाई हेर
निष्ठुरी तिम्रो धड्कन पनि रुकेको देख्छौ आफैं

सुन्दर यो सन्सारको जब महत्व तिम्ले बुज्नेछौं
शिखर छुने सपना कति चुकेको देख्छौ आफैं

डिल्ली प्रसाद खराल घायल
बिरेन्द्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *