Skip to content

मरुभूमिको चर्को घाममा”



मरुभूमिको चर्को घाममा पाक्दै छु बाबा
जिन्दगिलाई कालको मुखमा जाक्दै छु बाबा

कंयौपटक् भाग्यसंग पराजीत हुदै आज
लक्ष्य बिहिन गन्तब्यमा भाग्दै छु बाबा,

दुखिया लाई दुखैमात्र कस्तो यो बिडम्वना
जिन्दगीको उकालिमा थाक्दै छु बाबा,

बेदनालाई लुकाएर ओठमा मुस्कन देखाउदै
यो जिबनलाई बन्दकिमा राख्दै छु बाबा,

दुर्भाग्यको झरी बर्षि,अबाकी लाई कुटेपछी
दुनियाको रुखो वचन चाख्दै छु बाबा,

ऐना जस्तै हिर्दय यो टुक्रा टुक्रा भएपनि
दु:ख सुख जिबनको गाडी हाक्दै छु बाबा,

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *