Skip to content

डिल्ली प्रसाद खराल

कठिन यात्रा गर्दागर्दै

कठिन यात्रा गर्दागर्दै थाकिसके देउराली
यो तनाब जीवनदेखि पाकिसके देउराली

कसैको निम्ति कुभलो न चिताउदा पनि
आफ्न्तले पनि मुड्की ताकिसके देउराली

सँगै जिउने मर्ने भन्थ्यौ


सँगै जिउने मर्ने भन्थ्यौ फुल्यौ उसैसित
रुझाएर परेली मेरो डुल्यौ उसैसित

के कमी थियो र त्यस्तो मेरो निश्चल मायामा
मेरो मुटु चुँडी आज घुल्यौ उसैसित

नियतिले लुट्दा खुशी

नियतिले लुट्दा खुशी रुन पर्यो फेरि
कोरिहरूको पाउ मैले छुन पर्यो फेरि

जन्मिएर के भूलगरे भन जगत पिता
आँशुहरूको धारा बनी चुन पर्यो फेरि

सपनाको सुन्दर महल

सपनाको सुन्दर महल डढेपछि रोएँ
छुरा जस्तै उन्को वचन गढेपछि रोएँ

चादँनी झै सितल थियो,कोमल यो हृदय
निष्ठुरीको अन्तिम पत्र पढेपछि रोएँ

लेकबेंशी तल माथि गर्दै

लेकबेंशी तल माथि गर्दै होलिन मेरी आमा
पकाउनलाई मानो पाथी भर्दै होलिन मेरी आमा

कुच्चिएको गाग्रीलाई कोखिल्लामा च्यापेर
धंधगाउदै पधेंरीमा झर्दै होलिन मेरी आमा

मिठो बचन बोल्दा बोल्दै


मिठो बचन बोल्दा बोल्दै झर्किएर गयौ
दुनियाँले ताली पिट्दा तर्किएर गयौ।।

रुझेका यी परेलीहरू सुक्दै गर्दा बिस्तारै
बारमासे झरी जस्तै दर्किएर गयौ।।

DilliPrasadKharal-04

दुई मुटुको मिलन त्यो

दुई मुटुको मिलन त्यो साथ् कसरी भूल्यौ
सुम सुमाउदै चुमेका ती हात कसरी भूल्यौ

पुस माघको आच्छुछु सिरेटोमा मसँगै
अङ्गालोमै रमाएको रात कसरी भूल्यौ

dilli

जिन्दगीको जङगार”


जिन्दगीको जङ्गार संगै तर्न पनि सकिएन
उन्लाई छोडि एक्लै यात्रा गर्न पनि सकिएन

बाचीरहे ढुकढुकिलाई उन्कैनिम्ति सम्हालेर
दुई घुड्की सास रोकि मर्न पनि सकिएन।।

ghayal

सादा कागज झैं

सादा कागज झैं भो जीवन कर्म रहेन
पापीहरू बढ्दै जादा धर्म रहेन ।।

अर्धनग्न हुँदै छन् फेसनको आडमा
जे गरे नि भाकै छ शर्म रहेन।।

मानव स्वरुप उस्तै अनि रगत रातै भए पनि
घमण्डले मेटिए तर नर्म रहेन।।

लाचार ती हातहरूमा

लाचार ती हातहरूमा बलदेऊ थोरै
हिजो जस्तै रमाइलो पल देऊ थोरै

प्राकृतिकको संरक्षक हे जगत पिता
भोकालाई गाँससँगै जल देऊ थोरै

पुष माघको शित लहर अनि बर्खेझरीमा
ढाक्ने न्यानो लुगा-छाउने नल देऊ थोरै

दु:ख पिंडा परदेशको भुल्न आउदै छु’


दु:ख पिंडा परदेशको भुल्न आउदै छु
मेरो देशको फाँटहरुमा डुल्न आउदै छु”

बिर्सिएर जिन्दगीको हजार ठक्कर हरुलाई
मयाँलुको अंगालोमा झुल्न आउदै छु”

बिउँझे पछि सपनाको

ब्यूँझेपछि सपनाको सहर पनि हरायो
भत्केपछि जिन्दगीको रहर पनि हरायो

उडाई लग्दा सारा खुशी बिनासको हुरीले
बेहोसीमा छट्पटाउने जहर पनि हरायो

विद्रोहको ज्वालाभित्र

विद्रोहको ज्वालाभित्र जल्दैछ संसार यो
विश्वासको चूलीबाट ढल्दैछ संसार यो

शक्तिसाली हाईड्रोजन र नुक्लियरको प्रहारबाट
आगोको चिंगारीभित्र बल्दैछ संसार यो

यो जिन्दगी दोधार भो,,

यो जिन्दगी दोधार भो तिम्रो कारण
पानी बारा बार भो तिम्रो कारण”

बाँकी केनै रयोर स्वार्थी यो सन्सारमा
साथी पनि जार भो तिम्रो कारण”

पवित्र मेरो प्रेम पनि

पवित्र मेरो प्रेमपनि खेल बन्यो त्यति बेला
निर्दोष मेरा आँसुहरू भेल बन्यो त्यति बेला

आफ्नैदेखि तृरष्कृत भएपछि मेरो प्यार
मेरो लागि अँझ कठोर जेल बन्यो त्यति बेला

हिजो सरल सिधा व्यक्ति

हिजो सरल सिधा व्यक्ति भोलि बेग्लै हुन सक्छ
राम राम भन्ने मुखमा पनि बोली बेग्लै हुन सक्छ

कटपु्तली सरकारबाट लेखिएको संविधानमा
मेरो देशको राष्ट्रिय पोसाक चोली बेग्लै हुन सक्छ

डाँको छोडी म रुदा “

डाँको छोडी म रुदा गीत भने कतिले
मैले हार्दा दुनियाँको जित भने कतिले

पीडालाई बिर्सिन नसालाई जब साथरोजे
जड्याहा र आवाराको मित भने कतिले