चन्चल मनलाई खुशी पार्ने धुन भेटिन
मैले खोज्या जस्तो शीतल जुन भेटिन
कल्पनामा जतिसुकै रमाएर बाँचे पनि
उनको माया किन्ने त्यस्तो सुन भेटिन
लुटाइरहे खुशी जति आफ्नै भन्ने ठानेर
त्यो मन भित्र निष्ठुरीको गुन भेटिन
छहरा र छागाँहरू कति काटे जिन्दगीमा
यो शरीरलाई ढाक्ने न्यानो उन भेटिन
कहाँ पोखुँ अनगिन्ती चोट अनि ब्यथालाई
मेरो नामको त्यो मुटुमा खुन भेटिन
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
