Skip to content

शिखर छुने रहरमा



शिखर छुने रहरमा बित्दैछ जिन्दगी यो
पराईको “शहरमा” बित्दैछ जिन्दगी यो,

कैले डुब्दै गहिराईमा कैले छाँगबाट खस्दै
कल्पनाको “लहरमा” बित्दैछ जिन्दगी यो,

कादहरूमा लादिएका पर्तिदीनका बोझहरूले
पीडासँगै “हरप्ररहरमा” बित्दैछ जिन्दगी यो,

दुनियाको रंगमंचमा खोक्रो मुस्कान दिदै आज
दुस्मनको त्यो “कहरमा” बित्दैछ जिन्दगी यो,

मानिसको जीवन जस्तो अरु केही हुन्न ठानी
खुशी मिल्ने “ठहरमा” बित्दैछ जिन्दगी यो,

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *