
जस्को पनि जिन्दगी त्यो जालमा पर्न सक्छ
दुस्मनले रचेको त्यो चालमा पर्न सक्छ
दौलतको आडमा आज जतिसुकै नाच तिमी
सम्पति भोलि कौडाको त्यो खालमा पर्न सक्छ
कुडेको त्यो दु:ध झैं नउम्लभो त्यति सारै
आजाद त्यो समुद्रको छालमा पर्न सक्छ
ईष्या अनि क्रोधलाई काबु राख नत्रभने
जिन्दगी त्यो रगतको तालमा पर्न सक्छ
सुमार्गलाई छोडि आज कुमार्ग चल्नेहरू
ख्यालगरहै जिन्दगी त्यो अ-कालमा पर्न सक्छ,
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
feedback dilipkharal@gmail.com

एक चेतना मुलक रचना
एक चेतना मुलक रचना पस्कीनुभाको रहिछ अति सुन्दर लाग्यो,
ghayal ji
ghayal ji