
चादनी छर्ने चन्द्रमा पनि बादलु भित्र लुकेको देखेँ
शितलता दिने रुख पनि शिशिर याममा सुकेको देखेँ
मिलन बिछोड यस्तै रहेछ कहिले हास्ने कहिले रुने
मुस्कान दिदै हासेता पनि मुटुमा कति दुखेको देखेँ
हिजोसम्म ठाडो औला दुनियाँलाई देखाउनेहरू
समयको चपेटामा’ परेरकति झुकेको देखेँ
शंकाको त्यो विषालु भाला रोप्न भनी निर्दोषलाई
लगायको निसाना पनि कयौं पटक चुकेको देखेँ
खप्दै कति झरी हुरी’ काडा माझ फुल्दा पनि
आरिसे ती लम्पटहरू कुकुर जस्तै भुकेको देखेँ
डिल्ली प्रसाद खरालघायल
बिरेंद्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई
