Skip to content

जति मायाँ गरे पनि



जति♥मायाँ♥गरे पनि टाढा भयौ आज तिमी
यो मुटुमा बिजाउने काँडा भयौ आज तिमी

एकै रथका दुई पाङ्ग्रा हौं भन्ने गर्थ्यौ हिजो खुब
पराईलाई बोकी हिड्ने गाढा भयौ आज तिमी

नजरको त्यो प्रहारले के हानिथेउ दुनियाँलाई
कचडामा फ्यागिएको भाडा भयौ आज तिमी

मलाईछोडी सम्पतिलाई,पछ्याएर गएपछि
खँडेरीले उजाडेको डाँडा भयौ आज तिमी

मैलेगर्ने मायाँमा के कमि नै थियो र त्यस्तो
फुस्किएको बस्तु जस्तै छाडाँ भयौ आज तिमी

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *