Skip to content

डा.केसीलाई सलाम !


आन्दोलन गरे—
२००७ सालमा गरे
२०४६ सालमा गरे
२०६२ सालमा पनि गरे
उनीहरूले आन्दोलन गरे
सत्ता र शक्तिका लागि गरे
भत्ता र भक्तिका लागि गरे
मरिकुच्चे स्वार्थको भारी बोकेर गरे
आखिर त्यस्तै त भयो
दसवर्षे जनयुद्घ पनि,

हिमालारोहण गरे
सगरमाथाको टुप्पैमा पुगे
थुप्रै शेर्पाहरूले
अरु स्वदेशी र विदेशीहरूले
त्यो पनि स्वनाम र
स्वदामकै लागि
अथक योद्घाहरू र
अविरल साधकहरू
सबै,सबै मात्र आफ्नै लागि,

निस्वार्थ सहादत गरे
राष्ट्रलाई अमूल्य रगत चढाए
जसरी सहिदहरूले
असत्यका विरुद्घ हाँसेरै विषपान गरे
सत्यवादी सुकरातले
सुकरातकै पदचापमा डा.केसी
अजरामर सहिदकै सत्मार्गमा डा.केसी
राष्ट्रिय विकृतिका विरुद्घ
कालोलाई कालै भन्दै
सत्याग्रहको आमरण अनसन
मुहानमा विष हाल्नेका विरुद्घ
दिउँसै रात पार्नेका विरुद्घ
प्राणोत्सर्गकै बाजी राख्ने
जिउँदा सहिद जिन्दावाद !
बहिरो र अन्धो सरकारलाई धिक्कार ! !
डा.गोविन्द केसीलाई सलाम ! ! !

रामविक्रम थापा
फाक्टाङ—२, कृष्णगर्त, खोटाङ ।
मो.नं. ९७५३००४३६०
rambikramthapa@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *