हरियो भरिलो बारी, सागपात अपार छ !
स्वास्थ्य बर्धक हो खाद्य, अत्यन्त अनमोल छ !
करेलो कुरिलो फर्सी, बोडी सेंबी टमाटर ,
अदृश्य बस्तु को कृपा , प्रभू अर्को कुनै छर ?
घ्यूफल कागती पाके, झुंण्डिई लटरम्म छन्,
झुमेका वायुका साथ, मकैका पात रम्दछन् !
ढल्की ढलक्क नाचेर, पुतली साथ रम्दछन् !
फक्रेका फूल देखेर, भमरा रस चुस्दछन् !
यिनैको बीचमा लौन, पद्मासन कसी बसौं !
प्राणायाम लगातार, बिहानीमा बसी गरौं !
