Skip to content

तल ताल्चा लागेको छ


सुतियो नौ बजे हिजो, जागियो तीन नै बजे,
खाइयो जल तातो र , भयो उदर शुद्धि नै ।

खोलेर झ्याल ढोका नै, बसियो योग गर्न नै ,
गरियो आसनै पूर्ण, प्राणायाम र ध्यान नै।

सूक्ष्मासन शिरै देखि, पाउसम्म सकेर नै,
उत्तान पाद नौकासन् , भुजंगादि सुतेर नै ।

पुगेछ घडिको सूई, अंक सात छुने गरी,
चिरिविरि चरीनाची, छतको वारि पारि नी।

घुम्टो बादलुको तानी, झुलुक्क रवि झुल्किए,
साधक पनि छिट्टै नै, छतैमा चढि उक्लिए ।

प्राणवायु विश्वको नै , पवन वायु मन्द छ,
प्राणायाम गरौँ भन्दै , आमन्त्रण नि गर्द छ ।

थाक्छ जीउ क्षणैमा, ट्रेडमील चढ़े पछी
हल्ल्का हुन्छ हवाभन्दा , कायोत्सर्ग गरे पछि ।

बिहानी पखको काम, यही हो अरु के गरौँ,
तल ताल्चा छ लागेको, विश्वभरि ज के गरौँ।

लेखिन्छ दिनमा यस्तै, कविता लेख नै पनि,
गुरु गुगल छन् ज्ञानि, दिन्छन् उत्तर जे पनि।

ब्रह्माण्ड ज्ञानका खानि, पुराण वेद भन्दछन् ,
सुन्छु बसेर कानैले, हँसाई सब भन्दछन् ।

बैशाख २२, २०७७।

Leave a Reply

Your email address will not be published. Required fields are marked *