Skip to content

हो छ आको त बक्समा


नेता भन्ने र बन्नेको, कमाउनै हतार छ ।
मान्छे डोजरले फाल्ने , नेपालमा तयार छ ।

युवा हुल हवाईज, चढ्न सवै हतार छन् ।
युवा शक्ति त नेपाली , मलेशिया कतार छन् ।

पोली खाने मकै छैन, सम्मो पाटो छ बाँझ नै।
मार्सी नै धान फल्ने त्यो, गैरी नै खेत बाँझ नै ।

चीन भारत जापान, अमेरिका सवै जना ।
माल सामान गर्दछन्, निकासी नै विदेशमा ।

नेपालले त मान्छेनै, निकासी गर्छ शुल्कमा ।
निकासीबाट आएको, फाल्दछन् सव कारमा ।

आमा र बाबु हेर्दैछन्, आकाशको जहाजमा ।
छोरो आयो भनेको त, हो छ आको त बक्समा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *