स्टोनहेंज स्तम्भ
ंंंंं पद्मराज काफ्ले
स्टोनहेंज Stonehenge) इंग्लैंडको विल्टशायर काउन्टीमा एउटा प्रागैतिहासिक अकल्पनीय विशाल कलाकृति लन्दन ब्रिजबाट उत्तरतिर सतासी माइलको दूरीमा अवस्थित रहेछ । अगस्त १७, २०१९ का दिन इँजीनियर श्री हरि नेपाल, प्रोफेसर जया नेपाल, प्रोफेसर डाक्टर रमेश मरासिनी र बिन्दु मरासिनीसमेत सपरिवार इस्ले (Eastleigh) निवासबाट करीब सवाघण्टाको ड्राइभमा पुगियो ।
त्यस दिन प्रकृतिले पनि हामीलाई साथदियो । अघिपछि सदै झमझम बर्षा हुने र चिसो वायुले थुर्थुर कँपाउने ठाउँमा टलक्क टल्कँदै झलत्क झल्कँदै सूर्य देवले पनि स्वागत गरे हामीलाई !
हरियो गलैँचा बिछ्याए जस्तो बिशाल मैदानमा कतै सेता भेँडा चरेका छन् त कतै काला गाईहरू । कतै गहुँका दाना झिकेर परालका भारीका डल्लाहरू मैदानमा यत्रतत्र पल्टेका देखिन्छन् । तिनीहरूबाट बुट्टेदार गलैँचाले प्राकृतिक वातावरण अझ रंगीन सौन्दर्य बढाएको छ ।अझ मन्दमन्द वायुले निःशुल्क अक्सिजन वितरण गरी रहेको छ ।
त्यहीँको तीन हज्जारभन्दा बढी हेक्टर भूमिको मनमोहक मैदानको बीचमा क़रीब सात मिटर भन्दा अग्ला र अन्दाजी दूई मिटरभन्दा बढी चौडाईका विशाल शिलाका खम्बाहरू जमीनमा डेड मिटर जति गाडेर खडा गरिएका छन् ।ती खम्बाहरूका शिरमा एक फीटजति ताँछेर तिखो बनाइएको छ ।त्यस्ता चुच्चामाथि पर्ने गरी ढुँगाका त्यस्तै मोटा-मोटा शिलाहरूमा प्वाल पारेर खडागरिएका खम्बामाथि ठीकठीक ठाउँमा पर्ने गरी लहरै राखिएको छ । भनिन्छ, यी एउटा शिलाको तौल २० देखि ५० टनसम्म छन् ।
त्यो स्मारक रहेजो नजिकमा त्त्यस्ता भीमकाय ढुँगा पाइँदैनन्। टाडाबाट ल्याउनु पर्दछ। त्यस्तो ढुंगा पाइने ठाउँ र हाल रहेको ठाउँको बीचमा ठूला-ठूला नदीहरू र पहाडहरू पर्दछन् । त्यस समयमा आज जस्तो वैज्ञानिक उपकरण मात्र होइन, कुनै प्रकारको धातुसम्मको पनि पत्ता लागेको थिएन ।
ईसा पूर्व पाँच हज्जार देखि दुई हज्जार बर्षको बीचमा अर्थात आजभन्दा करिब सातहज्जार बर्ष पूर्व नै यो स्मारक बनेको हो भन्ने वैज्ञानिकहरूको भनाई छ । त्यस कारणले यी शिलाहरूबाट निर्मित स्तम्भहरू पाषाण युगका हुन भनिन्छ । कसैले कांस्य युगको पनि हुन सक्दछ भन्दछन् ।
यस क्षेत्रको उत्खनन गर्दा विविध प्रकारका ढुँगाको कोदालो, बन्चरो छिनोजस्ता उपकरणहरू भेटिएका थिए ।ती सवै प्राप्त वस्तुहरूको वर्णनसहित सँग्रहालयमा प्रत्यक्ष अवलोकन पनि गर्न सकिन्छ ।
हाम्रो वेद हज्जारौँ वर्षदेखि श्रुतिरूपता आएर आजभन्दा सात हज्जार वर्ष अघि लिपिबद्ध भएको हो । चार वेद र अठार पुराणका लेखक वेद ब्यासको जन्म नेपालकै दमौलीमा भएको थियो । यी ग्रन्थहरू उनले बोलेर श्रीगणेशको हातबाटलेखिएको हो, भनिन्छ ।
नेपालको दमौलीको नदीको तटमा एउटा च्याप्टो ठूलो शिला छ ।त्यसमा कोरिएका किरमिरे रेखाहरू देखिन्छन् । विन्सटन, यूकेको स्तम्भका ताँसेर तथा खोपेर एकअर्कोमा खप्ट्याएर राखिएको छ । तर त्यसमा कुनै प्रकारको रेखा देखिदैन । तापनि समकालीन रचना हो भन्न सकिन्छ ।
दमौलीको शिला लेख र यूकेको स्टोनहेँजको अध्ययनबाट मानव सभ्यताको विकास पूर्व र पश्चिमबाट एकै समयमा फैलिँदै गएर विश्वब्यापी भएको हो भन्ने निस्कर्ष निक्लन सक्दछ ।
१- स्टोनहेँजको संरचना मिश्रको पिरामीडभन्दा पुरानो मानिन्छ ।
२- अघि यो धार्मिक स्थल मानिन्थ्यो र यो क्षेत्रलाई उपचार क्षेत्रको रूपमा healing place पनि मानिन्थ्यो । ऐले पनि त्यहाँको प्रकृतिले अस्वस्थ पनि स्वस्थ हुने मनमोहक ठाउँ छ ।
३- केही पुराना मानिसहरूले भन्ने गर्दछन् , मानिसहरूले यस्ता ठूला ढुंगाहरू उचाल्नै सक्दैनन् , दैत्य ( devil )हरूले बोकेर ल्याइएको शिलाबाट उनैले खडागरेका हुन् , यी स्तम्भहरू । कसैले भन्छन् , अघि एउटा मर्लिन नामको जादूगर थियो, त्यसैले यसको निर्माण गरेको हो ।
४- यहाँका शिलास्तम्भहरू दुई प्रकारको ढुँगा अर्थात सारसेन्स ( sarsenes) र ब्लूस्टोन (bluestone) को मिश्रणबाट बनेको छ।
जे होस् , आज सन्सारभरका मानिस आएर देखेर आश्चर्य चकित भएर जान्छन् ! पाँचहज्जार बर्ष पूर्व का मानिस कति बलवान थिए ! ५० टनका ढुँगा बोकेर टाडाबाट बोकेर ल्याएर ताँसेर ठाउँठाउँ मा प्वाल पारेर एकअर्कोमाथि चढाएर राखेका थिए ? जुन समयमा फलामजस्ता कुनै पनि धातुको पत्ता लागेको थिएन ।
हाम्रो वेद हज्जारौँ वर्षदेखि श्रुतिरूपता आएर आजभन्दा सात हज्जार वर्ष अघि लिपिबद्ध भएको हो । चार वेद र अठार पुराणका लेखक वेद ब्यासको जन्म नेपालकै दमौलीमा भएको थियो । उनले बोलेर श्रीगणेशको हातबाटलेखिएको हो, भनिन्छ ।
सन २००८ मा स्टोनहेंजको चार माइल पर उत्खनन गर्दा पुरानो चिहान Burial Ground रहेको बुझिन्छ ! त्यहाँ प्राप्त विभिन्न वस्तुहरूको आधारमा अर्वाचीन मानिसको निवासको कल्पना गरेर घर गाउँको नमूना पनि बनाएर देखाइएको छ। रूखका हाँगा लहराले बारेर माटाले लिपेर परालको छानोले छाएका घरहरू नमूनाको रूपमा बनाइएका छन् ।नेपालको पहाड तराईमा पनि यस्ता घरहरू आज पनि देख्न सकिन्छ !
