को-हो त्यो शक्ति अदृष्य, विश्व थर्काउने लुकी।
रो- क्ने छ दीर्घ स्वासैले, प्राणायाम गरौँ बसी ।
ना- गरिक सवै हामी, एकान्त वासमा बसी ।
को- श पंच सदा राखौँ, सकृय योग नै गरी ।
उ- फ्री हाँसी गरौँ नृत्य, सिंहासन सिंहै सरी ।
प- द्मासन लगाएर, सुबिधा पूर्वकै बसी।
चा- र बजे उठी बसी, चक्रको ध्यान नै गरौँ।
र-चना कविता पनि, गुन गुनाउँदै गरौँ ।
ब्रह्माण्ड ध्यानमा घुमी, ईश दर्शन नैै गरोस् ।
मूलाधार सहस्रार , चक्र सक्रिय नै रहोस् ।
शाकाहारी सकेसम्म, पौष्टिक भोजनै गरौँ ।
कागती जल तातै ज, पाएमा पिउने गरौँ ।
सुतेर नौ बजे राती, तीनबजे उठौँ अनि ।
कम्तिमा मा छ घण्टा, सुतेर निदाऊँ पनि ।
०७६ १२ १९
