जाडो भएर काम्दै नि, कालो कम्बलले मुख।
लुके छोपेर घुम्टोमा, मध्यान्हमा नि सूर्य त।
पश्चिमी वायुले ल्यायो,चिसो नेपालमा हिम ।
डाँडाकाँडा सवै भा छन्, सेताम्मे काँसका बन ।
पशु पंक्षी र मान्छे नै , आत्तिएका सवै यता ।
रातो तातो मुखै हेर्न, आतुर छौं लुक्यौ कता ?
