Skip to content

यूरोप यात्रा : उपसंहार

यूरोप यात्रा : उपसंहार

बैनी ज्वाईँ बधूभाइ,नातिनी नाति प्यारा नि,
विबिध विषयै ज्ञानी, गहन सागरै पनि।

महाध्यापक विश्वकर्मा, छन् प्रतिष्ठित आँग्लमा ,
आमन्त्रण बिदामा यो, यूरोप घुम्न जानमा ।

कार्यक्रम बन्यो हाम्रो, यात्रा तीस दिने पुरा ,
सपत्नी पुगियो त्यता, बिर्सी नेपालका कुरा।

आँग्लका देशमा पूर्ण, श्वेतलाई सिकाउने ,
मरासिनी र नेपाल, उनैलाई कज्याउने ।

बहिनी नातिनी प्यारा ,सहायक प्रति घडी ,
बनी चिकित्सकै दुवै, प्राणदान दिने पनि ।

पश्चिमका पुराना , सभ्यता पूर्वका कुरा ,
सानासाना भुरे राजा, त्यहाँका द्वन्दका कुरा।

छन् संरक्षित किल्ला ती, हारेका राज्यका पनि ,
लाखौँ पर्यटकै हेर्छन् , संग्रहालय दूर्ग नि ।

पाषाण युगका शेष, सभ्यता जीवनै पनि ,
सुऱक्षित रहेका ती, इतिहास पूर्वका नि।

समुद्री तटका दूर्ग, भत्केका घर आज नि ,
सुरक्षित रहेका ती, पुराना सम्झना भनि ।

नेपाली बीरका युद्ध, खुकुरी कर्द साबुत ,
सिक्का दाम सम्म पनि, त्यहाँ देखिन्छ आजत।

पुराना नष्टगर्नैमा , हाम्रा कर्म र धर्म नै ,
बन्यो नेपालको शान, नेत्रित्व धर्म कर्म नै ।

पुर्खाको नाम मेटाई, नयाँ लेखाउँ छौँ भनी ,
टोपी धोती निकालेर, ननाचौ अन्ध नै बनी ।

ठेकी नेति र मोही पार्ने, कला सँस्कृति पनि,
राखौँ सुरक्षितै हाम्रा, ढिँकी जाँता र कोल नि।

भयो बेला त हाम्रो नि, नेपाल तिर फर्कने ,
बिन्दुको सिन्धु नै बग्यो, मूल फुट्यो बगाउँने ।

योग वियोग को खेल, चल्छ यहाँ निरन्तर ,
योगपछि वियोग त, नभएको कहाँ छर ।

आएपछि त पक्कै नै, जानु पर्ने विधान हो ,
नेत्र जलधि दुवैको, निकटको लक्षण हो ।

दियौ खु:सी रमायौँ नि, केही स्वीकार है तिमी ,
कुन शब्द गरूँ ब्यक्त, धन्यवाद मात्र पनि ।

छ आशीर्वाद मात्र नै, हाम्रो स्वीकार है सबै ,
पछि पनि गरौँला नै, शेष अरु कुरा सबै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *