विदेशमा बसेर
म पहाड सम्झदै छु,
पहाडसँगै चाडबाड र
ढकमक्क फुलेका
सयपत्री र मखमली सम्झदै छु,
लिङ्गेपिङ सम्झदै छु,
लिङ्गेपिङसँगै
तिहार र भाइटीका सम्झँदैछु ।
धेरै कला जानेकी,
गला पनि भएकी
सहरको भाका नटिपेकी
क्रिम, पाउडर लाउनै नपर्ने
हेर्दै गोरी र राम्री देखिने
पँधेरोबाट पानी बोक्न लाज नमान्ने
घर सजाउन जानेकी,
फूलबारी देख्दा फूलकै
नदी देख्दा नदीकै
चियाबारी देख्दा चियाबारीकै
मदिरा देख्दा मदिराकै
तरुणी देख्दा तरुणीकै
केही देख्नै हुँदैन् त्यसैको बारेमा
सबै कुरा लेखिहाल्छन् ।
ठुला ठुला शहरहरूमा
ठुला बडा साहित्कारहरूको जमघटमा मनाइने
भानु जयन्तीभन्दा
गाउँ घरमा श्रद्धाको दियो बालेर,
आशीर्वादको टीको लगाई
गाउँलेहरूकै उपस्थितिमा मनाइने
मेरो गाउँको भानु जन्ती मलाई राम्रो लाग्छ,
जति मदिरा पिउँदै जान्छु
उति नै पेटभित्रका कुराहरू
एक एक गरेर बाहिर निस्कन थाल्छन्,
ती मध्ये केही राम्रा हुन्छन्,
केही नराम्रा पनि हुन्छन्,
ती मध्ये केही रमाइलो,
केही विरक्तलाग्दो हुन्छन्,
हामी नाँच्नुमा सिपालु छौँ,
हामी मादले गीतमा नाँच्छौ,
मारुनी भएर पनि नाँच्छौ,
तामाङ सेलोदेखि लिएर
खैँजडी र च्याब्रुङको तालमा पनि नाँच्छौ,
नाँच्न हामीलाई सिकाउनु पर्दैन
हामी जन्मजात नाँच्ने जाति हौँ।
मादल हाम्रो, मुर्चुङ्गा हाम्रो,
डोको, नाङलो र भकारी हाम्रो,
कौसी र मझेरी पनि हाम्रो
रोटेपिङ र लिङ्गे पिङ पनि हाम्रो
यसरी सबैथोक हाम्रो भन्छौ
सेन्टिमेन्टल र आफ्नोपनको कुरा गर्छौ
जीवनमा धान्नु हो भने
मीठो मात्र भएर हुँदैन
कहिलेकाहीँ टर्रो पिरो पनि हुनुपर्छ,
मीठो मसिनोले मात्र कहाँ अघाउन सकिन्छ’ र
कहिलेकाहीँ जिब्रोको स्वाद पनि बिगार्नु पर्छ ।
गाउँघरमा मेल मिलाप राख्नु हो भने
नराम्रोलाई पनि राम्रो भन्नुपर्छ ।
रंग उप्किसकेको थोत्रो मोबाइलमै
भर परेको देखेर
तिनको जन्म दिवसमा पोहोर साल
एउटा ठुलो स्मार्ट फोन किनेर
उपहार स्वरुप दिएको थिएँ,
त्यही मोबाइलमा हिजोआज उनी
धेरै व्यस्त देखिन्छिन्,
किनभने उनी धेरै स्मार्ट हुँदैछिन्।
मलाई बामे सरेर हिड्न सिकाउने,
हाम्रो आँगन,
ढुकुमुकु, डण्डिबियो, चोर-पुलिस खेल्दै
संघात र विघ्नवाधा छेक्न सिकाउने
हाम्रो आँगन,
क्षणभरमा मनमुटाव, क्षणभरमै कुटाकुट
क्षणभरमै मिल्न सिकाउने
यो हाम्रो आँगन।
साथी,
हिजआज तिमी धेरै गन्हाउन थालेछौ,
तिमी गन्हाएको देखेर
यहाँका वन-जंगलमा
चरा-चुरुङ्गीहरूले तिम्रो साउती गर्न थालेका छन्
तिमी गन्हाएको देखेर
यहाँका पाखा पखेरो र चियाबारीले पनि
तिमीलाई छि: छि: दूर दुर गर्दै छन्