रंग उप्किसकेको थोत्रो मोबाइलमै
भर परेको देखेर
तिनको जन्म दिवसमा पोहोर साल
एउटा ठुलो स्मार्ट फोन किनेर
उपहार स्वरुप दिएको थिएँ,
त्यही मोबाइलमा हिजोआज उनी
धेरै व्यस्त देखिन्छिन्,
किनभने उनी धेरै स्मार्ट हुँदै छिन्।
अबेर रातिसम्म
गुगलदेखि म्यासेञ्जर, वार्टसएपदेखि फेसबुक
फेसबुक सबै कोट्याउन थालेकी छन्,
कोट्याउँदा कोट्याउँदै
पगली झैं कहिले खित्का छोडेर हाँस्छिन्,
कहिले एक्लै फत्फताउँछिन्,
कहिले डाँको छोडेर रुँलाजस्तो गर्छिन्
कहिले भित्रभित्रै रमाउँछिन्,
अचेल मेरी श्रीमती धेरै स्मार्ट हुन थालेकी छन्।
कहिले राम्रा, राम्रा घतलाग्दा जोक सुनाउँछिन्,
कहिले छोरी हराएको दुख लाग्दो घटना सुनाउँछिन्,
कहिले शीतलहर, रकतै भीषण गर्मी भएको कुरा गर्छिन्,
कहिले जातिको, कहिले पार्टीको कुरा गर्छिन्,
कहिले कवि गोष्ठीको, कहिले जात गोष्ठीको कुरा गर्छिन्,
किनभने मेरी श्रीमती धेरै स्मार्ट हुँदैछिन्।
कामले कहिल्यै फुर्सदन पाउने
कहिल्यै नक्कल पार्न नजानेकी मेरी श्रीमती
स्मार्टफोन हात परेपछि
उसलाई नक्कल पार्ने सोखछ,
आइब्रोदेखि लिएरआइलाइनर आइलीडदेखि मस्कारा
सबै लगाउन जानेकी छन्।
फेसियल र हेयरस्टाइल बनाउन
उनी अचेल ब्युटीपार्लर धाउन थालेकी छन्,
त्यसैले उनी हिजोआज भर्खरकै तरुणी देखिन्छिन्,
किनभने उनी धेरै स्मार्ट हुँदैछिन्।
स्मार्टफोन हातमा परेदेखिनै
जोश र जाँगर फोनले खाइसक्यो,
ऋण जति भैयाहरूले हाम्रो थाप्लोमा लगाइसक्यो,
सुन्तला र अँलैचीबारी, सबै सखाप भइसक्यो,
बाख्राको टाट्नो र गाईको गोठ सबै रित्तिसक्यो,
छोराछोरीहरू पढाईमा फिसड्डिसके
ब्यांक ब्यालेन्स पनि जियो र भोडाफोनले रित्याइसक्यो,
मकैबारी र खेतबारी पनि बाँझै छन्,
एकएक गरी रिश्ता नाता हराउँदैछन्,
हुनेलाई जहीन्तहीं,
नहुनेलाई कहीं न कहीं भने झैँ
थाहा नपाई रोहिग्याहरू
हाम्रो गाउँवस्तीमा पसेर
हामीलाई नै सुकुमवासी बनाउने षडयन्त्र रच्दैछन्,
फोनमै उनी मस्त र व्यस्त भएकोले मेरो घर,
घर नभएर डेराजस्तो बन्दैछ,
जातीय चेतना हराइसकेको अरुको श्रीमतीसरह
मेरी श्रीमती पनि
हिजो आज काम नलाग्ने ओभरस्मार्ट हुँदैछिन्।
बीबीठकुरी

समय सान्दर्भिक
समय सान्दर्भिक छ ।