Skip to content

तिमीसित गुनासो

  • by


कुन्नि किन ढाँट्यौ मलाई मेरो के विराम थियो
मनभित्र सम्झिरा’को मात्र तिम्रो नाम थियो

बोलुँ बोलुँ लाग्थ्यो मलाई सधैंभरि तिमीसित
भूल गरें प्रीतलाई तिमी जस्तो “बििज”सित

माया गर्छु भन्ने कुनै शब्द छैन किन होला
फर्किएर तिमीले मलाई हेर्ने कुन दिन होला

बाटो कुर्दै पर्खेकी छु था’छ कि छैन पनि
आफैंलाई जलाएर पग्लिरा’को मैन बनी

हाँगामाथि एक्लो चरा आज किन उदाश छ
फिर्छ कुनै दिन तिम्रो मन अझै पनि आश छ

शुषमा मानन्धर

Leave a Reply

Your email address will not be published. Required fields are marked *