ओसाका अन्तर्राष्टिय एयरपोर्टको अनुभव

  • by


घुमीफिरी रुम्जाटार भन्ने नेपाली उखान कै जस्तो अनुभव भयो ओसाका अन्तर राष्टिय एयरपोर्टमा । र्सवप्रथम यस एयरपोर्टमा सन् १९७५ को अगस्त महिनामा मैले पाइला टेक्ने अवसर पाएको थिएँ । त्यस बखत म यहाँ ट्रान्जिट पेसेन्जर (यात्रु) थिएँ । सबै सामानहरू यहाँको लकरमा राखेर म क्योटो गएको थिएँ । क्योटोको दुइ दिनको भ्रमण सकेर फेरि यहाँ आएको थिएँ । यहाँबाट जाल (JAL) को उडानबाट हङ्गकङ्ग पुगेको थिएँ । हङ्गकङ्गमा एक हप्ता बसेपछि सिंगापुर गएको थिएँ । सिंगापुरमा दुइ दिन बसेर बैंकक र बैंककमा राति बास बसेर भोलि पल्ट काठमाडौं पुगेको थिएँ ।

यसपालि अर्थात् १५ सितम्बर २००४ को दिन थाई इन्टरनेशनलको उडानमा बैंककबाट यहाँ पुगेको थिएँ । ओसाकालाई अचेल कानसाइ पनि भनिने गरिन्छ । यहाँ पुगेपछि यहाँबाट हामीलाई (म र मेरी श्रीमती तारा देवी) लाई फुकुआको पुग्नु थियो । हामीलाई ओसाका अन्तर राष्टिय विमान स्थलको र्टर्मिनलबाट घरेलु विमानस्थल र्टर्मिनलमा जानु परेकोले विमान कर्मचारीहरूलाई सोध्दै त्यहाँ पुग्यौं । त्यहाँबाट फुकुआकोकालागि निप्पनले ((Nippon) ) एयरलाइन्सको विमान चढ्नु

थियो । तर अचेल निप्पन अनानसंग मिलेर यो उडान संचालित गर्न लागेको रहेछ । हामी त्यहाँ पुगेपछि हाम्रो उडान प्रवेशद्वार र समय पहिलाको जस्तै निर्धारित थियो । केही हेरफेर गरिएको थिएन । समय भएकोले म शौचालयमा गइहालें । सन् १९७५ मा पनि मलाई सम्झना छ त्यहाँ मैले शौचालयको प्रयोग गर्नु परेको थियो । त्यस बखत बाध्यतावश र अहिले समय र स्वास्थ्यका लागि । बिहान विमानमा शौचालयको प्रयोग गर्न सकेको थिइन । जब समय भयो हामी विमान तिर लम्कियौं तर हामीलाई एक छिन बस्नको लागि भनियो । कारण के रहेछ भने मेरो नाऊँ लेखिएको एउटा ठूलो कार्ड देखाउँदै दुइ जना जापानी बन्धुहरू मलाई खोज्दै हस्याङ्ग फस्याङ्ग गर्दै आइपुगे । हतार हतारमा के कुराकानी भयो सबै याद छैन तर ती हामीलाई स्वागत गर्न आएका थिए । स्वागतको साथै सहयोग गर्ने पनि उनीहरूको आशय थियो तर त्यो बेलासम्म हामीले आफै सबै औपचारिकता पूरा गरिसकेका थियौं र हाम्रो उडानको समय पनि भइसकेको थियो । हामी फुकुओका पुग्यौं र त्यहाँबाट पुरस्कार समारोह सकिएपछि फेरि ओसाका एयरपोर्टमा आइ पुग्यौं । यसपालि हामीले फेरि आफ्ना सबै सामान यहाँ राखेर क्योटो जानु थियो । विमान कर्मचारीहरूसँग लकरको बारेमा सोध्दा बडो विनम्रतापूर्वक बताइदिए । अहिले क्वायन लकर (coin locker) थियो, सन् १९७५ मा यस्तो व्यवस्था थिएन । सामान राख्दानै ६०० येन तिर्नु पर्žयो । सामान राखेर हामी ओसाका रेल्वे स्टेशन पुग्यौं र त्यहाँबाट टिकट काटेर क्योटो गयौं । क्योटो रेलवे स्टेशनमा हामीलाई लिन डा. मोहन पन्त र इ. अरविन्द मिश्र आउनुभएको थियो । उहाँहरूसंग पैदलनै घुम्दै केही धार्मिक स्थलको दर्शन गर्दै ओसाका होटलमा हामीले दिउँसोको खाना खायौं । त्यसपछि पनि हामी क्योटोका अन्य धार्मिक स्थलहरूको दर्शनार्थ गयौं । राति क्योटोको सेन्ट्रल इनमा वास बसेर भोलिपल्ट हामी फेरि अरु धार्मिक स्थलको भ्रमण गर्न गयौं । त्यहाँबाट फर्केपछि खाना खाएर फेरि ओसाका पुग्यौं । डा. मोहन पन्तले क्योटो रेल्वे स्टेशनमा हामीलाई लगेर टिकट काट्नु भयो तर मलाई आश्चर्य लाग्यो अहिले ओसाकाको टिकट सिर्फ ८०० येन मात्र लिइयो । उहाँलाई यो सबै कुरा थाहा थियो । आफुलाई थाहा नभएकाले यसै टिकटका लागि मैले २९०० येन तिर्नु परेको थियो । रेलमा जरुर फरक थियो । रेल फरक भएकोले नै अहिले सस्तो टिकट थियो । हामी ओसाका रेलवे स्टेशनमा करीब दुइ घन्टासम्म अलपत्र परेका थियौं । हामी ढिलो आएकाले धेरै दुःख उठाउनु पर्žयो । हामीलाई लिन मनु हिराचन त्यहाँ आइसकेकी थिइन् तर ओसाका रेल्वे स्टेशन ज्यादै ठूलो भएकोले हामीलाई खोज्न गाह्रो भयो । मनु नेपाली भएपनि जापानी केटीहरू जस्ती भएकीले हामीले ठम्याउने कुरै थिएन तर उनले आखिर हामीलाई भेटाइहालिन् । यसरी करीब दुइ घन्टासम्म हामी ओसाका रेल्वे स्टेशनमा अन्यौलमा बस्नुपर्žयो । हामी अब ओसाका क्यास्सल हेर्न गयौं । क्यास्सल हेरेपछि दुइ घन्टा ओसाका बजार घुम्यौं । त्यसपछि मनुले हामीलाई डी.एम. हिराचनज्यूलाई भेटाउन उहाँको कार्यालयमा लगिन् । मनुपनि उहाँको कार्यालयमा कार्यरत थिइन् । त्यहाँ चिया खाएर हामी रातिको खाना खान गयौं । नेपालीहरूद्वारा संचालित विन्दु रेस्त्राँमा हामीले भरपेट खाना खायौं । त्यसपछि सिड होटलमा सुत्न गयौं । भोलिपल्ट बिहान ७ बजे हामीलाई लिन हिराचनज्यू होटलमा आइपुग्नुभयो र त्यहाँबाट ओसाका एयरपोर्ट जाने लिमोजिन बस स्टेशनसम्म पुर्žयाउनु भयो । हामी लिमोजन बसबाट ओसाका विमानस्थल एक घन्टामा पुग्यौं । त्यो बसले हामीलाई अन्तर राष्टिय विमानस्थल र्टर्मिनलमा पुर्žयाइदियो चार तल्लामाथिबाट हामी दोस्रो तल्लामा एलिभेटर (Elevator) प्रयोग गरेर आयौं जहाँ हाम्रो सामान लकरमा राखिएको थियो । लकरसम्म जाँदा हामीलाई कुनै असुविधा भएन । लकरको मिटरले १२०० येन देखाइरहेको थियो । यसको अर्थ १२०० येन अझ मैले तिर्नु पर्दथ्यो । मनुले सामानको लागि तपाइँले धेरै पैसा तिर्नु पर्ने छ भनेकी थिइन् । उनलाई यसको अनुभव थियो । हरेक चौबिस घन्टाका लागि ६०० येन तिर्नु पर्दोरहेछ । हामीले सामान राखेको बहत्तर घन्टा भइसकेको थियो । यसरी जम्मा जम्मी १८०० येन मैले तिर्नुपर्ने भयो यसमा कुनै किसिमको मोलतोल गर्ने कुरै थिएन । हामीसँग साँचो थियो तर पैसा नतिरीकन ताल्चा खुल्ने कुरै भएन । यो सबै व्यवस्था स्वतः सञ्चालित थियो ।

हामीसँग १२०० येन थियो तर एक-एक सयको खुद्रा थिएन । दुइ जना विमान कर्मचारी केटीहरू आएर हामीलाई सोध्न थाले के समस्या छ – भनेर । हामीले आफ्नो समस्या बताइदियौं । त्यस मध्ये एउटी केटी पर्खनुस् भनेर अर्को ठाउँमा गइन् र पाँच सयको खुद्रा पैसा लिएर आइन् । एक-एक गरेर बाह्र सय येन हालेपछि मात्र ताल्चा खुल्यो र हामीले आफ्नो सामान लिन पायौं । पाँच सय येन हाल्ने ती केटीलाई जति भने पनि उनले मसित पैसा लिन मानिनन् । म छक्क परें । त्यत्रो सहयोग पनि गर्नु र उल्टै आफ्नो पैसापनि हाल्नु । हदको मानवीय सेवा उनले गरिन् । म उनीप्रति कृतज्ञ हुनु बाहेक अरु कुनै विकल्प थिएन । हामी आफ्नो सामान लिएर फेरि चौथो तल्लामा पुग्यौं र त्यसपछि चेक इनका लागि पर्खन थाल्यौं किनभने अझै समय थियो । केही समय पछि ओसाका बैंकक उडानका लागि हामी चेक इन काउन्टर तिर लाग्यौं । टाइम टेबुल वोर्डले आर.एन.ए.सी.को ओसाका काठमाडौंको उडानको समय तालिका पनि देखाइ राखेको थियो । हामी आफ्नो गन्तव्य तिर लाग्यौं किनभने हाम्रो टिकट थाई इन्टरनेशनलको थियो । थाई इन्टरनेशनलको काउन्टरमा जाँदा त्यहाँ कार्यरत केटीले तपाईं दुइ जनालाई सँगै बस्ने व्यवस्था मिलाउन सकेनौं ! यसको लागि हामी क्षमाप्रार्थी छौं भन्न थालिन् । एक छिन त मलाई रिस पनि उठ्यो तर अन्त्यमा हामी बीच समझौता भयो । उनले के भनिन् भने हाम्रो कर्मचारीले विमान चढ्ने बेलामा तपाईंलाई सहयोग गर्नेछ, तर विमान उड्ने बेलासम्म पनि कोही त्यस्तो कर्मचारी फेला परेन । त्यस दिन के भएको थियो भने जापान एयरलाइन्स (Jal) को उडान रद्द भएकोले एक्ज्यूक्यूटिभ क्लासमा धेरै यात्रुहरू थिए । तर्सथ हामी पति-पत्नीलाई सँगै बस्ने सिटको व्यवस्था मिल्न सकेको थिएन । विमान भित्र गएर हामी आफ्नो सिट संख्या अनुसार बस्यौं, किनभने हामीसँग अर्को विकल्प थिएन । हाम्रो सीट अगाडि पछाडि मात्र थियो । म बसेको ठाउँमा एकजना भारतीय महिला यात्री एक्ली थिइन् । मैले श्रीमतीलाई उनीसँगै बस्नका पछाडिको सिटमा पठाइ दिएँ उनलाई पाँच घन्टाको उडानमा बोर नहोस् भनेर । मेरी श्रीमती अंग्रेजी भाषामा कुरा गर्न सक्तिनन् भनेर उनलाई भारतीय महिला यात्रीसँग बस्ने व्यवस्था मिलाएर म चाँहि अगाडिको सिटमा बस्न गएँ । म बस्ने सिटको वरिपरि जापानी यात्रीहरू थिए । कहिले पनि कल्पना नगरेको अनुभव त्यसदिन मलाई भयो । यस्तो अव्यवस्था थाई इन्टरनेशनलले गर्ला भनेर मैले सोचेकै थिइनँ तर यात्रामा जेपनि हुन सक्छ यो कुरो त म जहिलेपनि सोचेर नै यात्रा गर्ने गर्दछु । यात्रामा दुर्घटना पनि हुन सक्छ अर्थात् जे पनि हुन सक्छ तर त्यो त केही पनि थिएन । एक छिनकोलागि दिक्दारी मात्र लाग्यो ।

ओसाका अन्तर राष्टिय विमानस्थल कत्रो विशाल थियो भने बयान गरेर साध्य छैन । हरेक मिनट जसो एक एक ओटा हवाई जहाज उड्ने र अवतरण गर्ने गर्दथे । हाम्रो ‘चेक इन’ भएपछि हामी त्यहाँ विमानस्थल स्थित विश्राम कक्षमा गयौं र एक छिन विश्राम गरेपछि आफ्नो उडानको प्रवेशद्वारमा जान लाग्दा मेरी श्रीमतीलाई चेक गर्दा आफ्नो चप्पल फुकाल्न लगाएर अर्को चप्पल लगाउन दिएर तिनले जाँच पडताल गर्दा मैले तिनीहरूको यस्तो प्रणालीलाई प्रशंसनीय ठानें । सुरक्षाको कति ख्याल गर्दा रहेछन् तिनीहरू ! त्यसपछि हाम्रो उडान प्रवेशद्वार ४० निर्धारित गरिएको थियो र हामी अब आफ्नो गन्तव्य तिर लाग्यौं । यसरी कति पल्ट ओसाका अन्तर राष्टिय विमान स्थल ओहोर दोहोर गरेको अनुभव अविस्मरणीय हुन गयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *