अचेल दिनहुँ जस्तो संविधानसभामा भाषा नीतिबारे चर्काचर्की र चियाचर्चा हुनु सर्वथा स्वाभाविक हो । राज्यको पुनर्संरचना हुनुछ, नयाँ संविधानको निर्माण हुनु छ र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु छ । यी प्रश्नहरू यक्ष प्रश्नहरूको रूपमा राष्ट्रको सामूमा प्रस्तुत छन् । अर्कोतिर सशस्त्र समूह देशको भाषा र भूगोलको विभाजनको बुलन्द नारा लगाइ राखेका छन् । तर सत्तासीनहरूलाई यी समस्याहरूप्रति कुनै सरोकार नै छैन जस्तो बेवास्ता गरिराखेका छन् । भाषाविद्हरू सरकारको आर्थिक अनुदान पाएर देशमा भाषिक सर्वेक्षणमा सक्रिय र संलगन छन् ।
भाषा आयोगको गठनको कुरो पनि चलिराखेको छ । देश भाषा समस्याको भुँमरीमा फँसेको जस्तो प्रतीत हुन थालेको छ तर पनि राज्य सरकारबाट स्पष्ट भाषा नीतिको न खाका कोरिने प्रयास भइराखेको छ र न त भाषा विवादको समस्या सुल्झाउन सार्थक प्रयास भइराखेको छ । वाद विवाद हुनु, सार्थकसंवाद हुनु, चर्का चर्काचर्की हुनु, मतमतान्तर हुनु, मत भिन्नता हुनु, चियो चर्चा हुनु एक हदसम्म तर्कसंगत देखिन्छ । गणतन्त्रमा यो सब हुनु शोभनीय र अभिनन्दनीय कुरा हो तर समस्याको समाधान हुनु सर्वोपरि दायित्व पनि हो राष्ट्रको तर दुःखको कुरो के छ भने धरातलीय यथार्थको ज्ञान न जनप्रतिनिधिहरूलाई छ र न राष्ट्रका नीति निर्माताहरूलाई र नं. राष्ट्रका भाग्य निर्माताहरूलाई छ । फलतः देशको कुनै पनि समस्याको समाधान भइराखेको छैन र न निकट भविष्यमा हुने सम्भावना देखिन्छ ।
अहिले संविधानसभामा सबैभन्दा विवादित विषय बनेको छ भाषा नीति । केही सर्वत्र सांसदहरू नेपाली भाषाको पक्षमा तर्क प्रस्तुत गरिराखेका छन् भने केही सांसदहरू हिन्दी भाषाको पक्षमा । नेपाली नेपालको राष्ट्रभाषा हो र यसको वर्चस्वलाई सबै देशवासीहरूले सर्वसम्मतिबाट स्वीकार गर्नुपर्दछ । यसमा वाद-विवादको कुनै विशेष ठाउँ छैन ।
यिनीहरू पनि नेपालीलाई राष्ट्रभाषाको रूपमा मान्यता प्रदान गर्दै आएका छन् तर देशको धरातलीय यथार्थलाई ध्यानमा राखेर यिनीहरू हिन्दीलाई पनि नेपाली भाषासरह एवं समानान्तर स्थानमा राख्नका लागि संकल्पित छन्, कटिबद्ध छन् र प्रतिबद्ध छन् । यिनीहरूको घोषणापत्रमा पनि यस अवधारणालाई अग्रसर गरिएको छ । मधेशवादी दलहरूमा सबै भन्दा पहिला हिन्दीको पक्षमा सबल, सशक्त आवाज उठाउने दल थियो नेपाल तराई काङ्ग्रेस तर सत्तासँगको दलाली र सम्झौतामा त्यो मुद्दालाई मुर्दाघाट पुर्याइयो । तदुपरान्त सद्भावना पार्टीलाई यो श्रेय जान्छ र यस पार्टीको योगदानलाई स्वणर्ाक्षरमा अंकित गर्न सकिन्छ तर यसको आपसी कलह र फुटले हिन्दीभाषामाथि पनि असर पर्न गएको भएतापनि यसबाट फुटेका तीनवटै पार्टीले हिन्दी भाषालाई नै प्राथमिकता दिएका छन् जुन स्वाभाविक हो । त्यसपछि मधेशी जनाधिकार फोरम र तराई-मधेश लोकतान्त्रिक पार्टीले पनि आफ्नो घोषणापत्र र अवधारणामा हिन्दीलाई नेपाली सरहको सम्मानपूर्वक स्थान दिनमा संलग्न र सक्रिय छन् ।
हिन्दी नेपालको सम्पर्क भाषा स्वीकार गरेर यी दलका नेताहरूले मधेशलाई आ-आफ्नो भोट व्यक्ति ठाने र प्रजातन्त्रको पुर्नस्थापनापछि अधिकतम फाइदा उठाए । सबै भन्दा बढी फाइदा उठाउनेमा नेपाली काङ्ग्रेस रहेछ । एमाले हिन्दीको पूरै विरोधमा नभए पनि त्यति संवेदनशील न भएकोले दोस्रो स्थानमा रहँदै आएको छ । निर्वाचनको समयमा आ-आफ्ना पक्षमा हिन्दी भाषामै भाषण गरेर मधेशीहरूको हृदय जितेर निर्वाचित हुँदै आएको लामो परम्परा छ । तर मधेसी दलहरूको विगविगी र जगजगीले संविधानसभाको निर्वाचनमा यी दुइटै दलहरूलाई मधेशी मतदाताहरूले लोप्वा ख्वाएको धेरै भएको छैन तर पनि यी दुइटै दलहरूलाई आत्मज्ञान भएको छैन जसको प्रमाण अहिलेको संविधानसभामा हिन्दीको पक्ष र विपक्षमा यिनीहरूको सहभागिताले प्रष्ट पार्दछ । यही नै स्थिति रहृयो भने आगामी निर्वाचनमा मधेशी दलहरूको स्थिति अधिकतम बलियो हुनेछ र हिन्दीभाषा अझ सबल सशक्त भएर आउने छ । वर्तमान स्थितिमा हिन्दी सित नेपाली भाषालाई कुनै अत्यन्त तीव्र गतिमा भइराखेको छ । तर हिन्दीको प्रगति पनि भारतमा तीव्रतम गतिमा भइराखेको छ र हिन्दी विश्वभाषा बन्ने उपक्रममा छ । यो सत्य हो कि नेपालमा हिन्दीको विकास विभिन्न कारणले अवरुद्ध गरिएको छ । र यसको विकास मन्दगतिमा भइराखेको छ । हिन्दीको चिरहरण पंचायतकालदेखि नै हुँदै आएको छ । राजा महेन्द्रको भाषा नीतिले नेपालीको अद्भूत विकास भयो । हिन्दीको स्थिति पठन-पाठन नयाँ शिक्षा योजना लागू भएपछि ह्रासोन्मुख स्थितिमा पुग्यो । मनोहर पोथीको सट्टामा महेन्द्रमाला सम्पूर्ण मधेशमा पठन-सागम्री बन्न पुग्यो तर पनि मधेशको आत्माले नेपालीलाई आत्मसात गर्न सकेको छैन । विगतका दुई मधेशी आन्दोलनहरूको गर्दा नेपालीको वर्चस्व मात्र होइन नेपाली लेखकहरूको प्रतिमा भंजन पनि भएको प्रमाण विद्यमान छ । यसको मूलकारण पंचायती नारा ‘एउटै भाषा एउटै भेष’लाई प्राथमिकता दिनु हो । देशका अन्य राष्ट्रभाषाहरूलाई अपहेलना गरेको प्रत्यक्ष प्रमाण हो ।
भाषा र संस्कृति धेरै संवेदनशील विषयवस्तु हो र यसलाई सावधानीपूर्वक र अत्यन्त सूझबुझको साथमा राष्ट्रले प्रथम प्राथमिकता दिनु पर्दछ तर विगतदेखि वर्तमान सम्मका शासकवगएको मानसिकतामा कुनै खास परिवर्तन आएको देखिएको छैन तसर्थ यिनीहरूमा नेपाली भाषाप्रतिको मोह, माया र ममता दिनानुदिन घट्दै आएको छ । एकातिर सरकारको नीति यस्तो विरोधी छ भने अर्कोतिर संचारजगत पनि संवेदनशील हुन सकेको छैन ।
दुईटा मधेशी आन्दोलनले पनि यस विभेदकारी एवं विरोधी मानसिकता माथि आक्रमण गरेर आफ्नो आक्रोश पोखिसकेको छ । भाषा र संस्कृतिको काम समागम गर्नु हो, संयोग गर्नु हो र जोड्नु हो । यसको काम तोड्न र विखण्डन र विभाजन गर्ने हो । यसको मूलभूत सिद्धान्त नै हो अभिव्यक्तिमै माध्यम र दुई भाषाहरूको बीचमा पुलको काम गर्नु तर संकुचित र साम्प्रदायिक मन-मस्तिष्कले यस्तो संवेदनशील विषयवस्तुलाई वास्ता गर्दैन तर यसको परिणाम भयङ्कर र भयप्रद हुन जान्छ ।
नेपालका केही बौद्धिक वर्ग र अन्यराष्ट्रप्रेमीको दिल दिभावमा हिन्दी भाषाको भूतले यस्तो त्रास पैदा गरेको छ कि हिन्दीलाई सम्मानपूर्वक स्थान नेपालमा दिएभने भारतले नेपालको राष्ट्रियतालाई, यसको सार्वभौमिकतछालाई र यसको संप्रभुतालाई नै आघात पुर्याउँछ । यसलाई सिक्किमीकरण र भूटानीकरण गरि दिन्छ तर कुनै पनि सच्चा नेपालीलाई यसको सिक्मिकरण र भटानीकरण सहजै सहृय हुँदैन र नेपालको संयुक्त राष्ट्रसंघको पूर्ण सदस्य भएकोले यसको अस्मिता र अस्तित्वमाथि कसैको आँखा लाग्नै सक्तैन । लागे पनि यसको कुनै हानी र नोक्सानी हुनै सक्तैन ।
यदि भाषाको कारणले नै कुनै देशको अस्तित्व हरण हुने हो भने अमेरिका, बेलायत र अस्ट्रोलियाको भाषा एउटै हो अंग्रेजी तर यो अंग्रेजी भाषाबाट यी राष्ट्रहरूको अस्तित्व र अस्मिता अझसम्म खतरामा परेको छैन र भविष्यमा पनि पर्ने छैन । बंगलादेशको जन्म भाषाविवाद्लेभएको हो तर यो एउटा कारण मात्र हो यसको साथै अन्य कारणहरू पनि थिए यसको निर्माणमा । अहिले के बंगलादेशले भारतको पश्चिम बंगाल राज्यलाई बंगाली भाषाको वर्चस्व र बाहुल्यले गर्दा आफ्नो सिमानामा गास्ने दुःसाहस गर्न सक्तछ ? तसर्थ भ्रमको भूत खडा गरेर दुई देशको बीचको सम्बन्ध तनावपूर्ण बनाउनुको सट्टा सुमधुर बनाउनमा नै बुद्धिमानी हुनेछ । यहाँका राजनेताहरू भारतमा शरण पर्न जाँदा राष्ट्रिय भाषा, स्वाभिमान, स्वदेशप्रेम र सम्मान, मान, मर्यादा र आदर्शको आहुति गरेको ठहरिँदैन ।
यहाँका केही समाचारपत्रहरू भारतको विरोधमा लेखेर र केही बौद्धिक वर्गका मानिसहरूको चरित्रहत्या गरेर भारतीय राजदूतावाससँग आर्थिक लाभ मात्र होइन अन्यान्य लाभ लिने गर्दछन् । आफ्नो स्वार्थ सिद्धिका लागि निर्दोष र उज्ज्वल छविको मानिसलाई बलिको बोको बनाउने गर्दछन् ।
