Skip to content

रुनु त छँदै छ……


रुनु त छँदै छ नि
हाँस्न सिक्न खोज्दैछु म,
भुलेर सारा संसार
बाँच्न एक्लै सोंच्दैछु म ।

डर धम्की संसार छाडी
स्वतन्त्र संसार रोज्दैछु म,
दबाबको स्वर्ग चहिन्न भो
नर्कै होस्,स्वतन्त्र खोज्दैछु म ।।

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *