Skip to content


भयो अब नबोल भो
मेरो माया “बस्ला भन्छौ” भने,
सुन्दर तिम्रो संसारमा
मेरो छायाँ “पस्ला ठान्छौ” भने !

भुले हुन्छ हाम्रो मित्रता
मेरो कुरा “तिमी मान्छौ” भने,
तगारो म बन्दिन भो
छाडी मलाई “साँच्चै जान्छौ” भने !!
तगारो म बन्दिन भो
छाडी मलाई “साँच्चै जान्छौ” भने !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *