बोल्न पनि “औंशी, पुर्णे”
आउनु पर्ने रहेछ तिमीलाई,
चिप्लो चाप्लो बोक्दै “हजुर”
लाउनु पर्ने रहेछ तिमीलाई ।
हाँस, खेल गर्न पनि “केही”
पाउनु पर्ने रहेछ तिमीलाई,
मैले मात्रै सधैं “भेट्न”
धाउनु पर्ने रहेछ तिमीलाई !!
सुख, दु:ख भाँड्न “खुशी”
छाउनु पर्ने रहेछ तिमीलाई,
मित्रता कायम राख्न “गुण गान”
गाउनु पर्ने रहेछ तिमीलाई !!
राजेश रुम्बा लामा “अतृप्त”