Skip to content

जे जे भनोस् भन्न देऊ

  • by


जे जे भनोस् भन्न देऊ म सहन्छु
मेरै धरा खन्न देऊ म सहन्छु

लोभी-पापी नजर् उस्को मेरै भाग्मा
खाओस् बरु टन्न देऊ म सहन्छु

पैसा भनी मरिहत्ते गर्नेहरूलाई
बाउकै धन गन्न देऊ म सहन्छु

मुन्द्रे बनी थर्काउँछ यो काइते ‘शेरे’
गुण्डा नामी बन्न देऊ म सहन्छु

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *