जित्छु सधैं हार्ने छैन धरोधर्म तिम्रो कसम
तिम्रो माया मार्ने छैन धरोधर्म तिम्रो कसम
रोपिसकें एउटा फूल हृदयको बारी खनी
अरु कुनै सार्ने छैन धरोधर्म तिम्रो कसम
तिम्रो सुन्दर बस्तीमाझ फुलेका ती ताराहरू
साँच्चै अब झार्ने छैन धरोधर्म तिम्रो कसम
अघि बढ्दै जिन्दगीमा सफलताको सिँढी चढ्न
तिम्रो बाटो बार्ने छैन धरोधर्म तिम्रो कसम
तिमी बिना जिन्दगीलाई एक्लै यो जंघारमा
आफु खुसी तार्ने छैन धरोधर्म तिम्रो कसम
राजेश लामा रुम्बा ‘अतृप्त’
