हेर त यी आँखामा तिम्रै विम्व देख्नेछौ
आँखाको यै भाखामा तिम्रै विम्व देख्नेछौ
कहिलेकाहीँ उक्लनु त्यो पारी डाँडामा
त्यही डाँडा पाखामा तिम्रै विम्व देख्नेछौ
चङ्गा सरी मेरो मन उडेर जान खोज्दछ
चङ्गाको त्यै धागामा तिम्रै विम्व देख्नेछौ
चाहन्छौ डालीमा झुल्न पातमा फुल्नलाई
पातमा अनि हाँगामा तिम्रै विम्व देख्नेछौ
