नदेख्दा मुटु दुख्छ देख्दा नि मन रुन्छ
अँगालोमा बाँधिएर रोइरहौँ झैँ हुन्छ
मन मात्रै एउटै भैयो बाँच्नु पर्दा बेग्लै
कति बाँचौं लाग्छ सानु सधैँ एक्ला एक्लै
तिम्रो बोली सुनी रहौं लाग्छ मिठो धून्छ
अँगालोमा बाँधिएर रोइरहौँ झैँ हुन्छ
शुन्यतालाई चिरी बस्छु सधैं रात पर्दा
भिज्या हुन्छ परेली बिहान शीत झर्दा
ढाँट्या हैन हेर सानु साक्षी तारा जून्छ
अँगालोमा बाँधिएर रोइरहौँ झैँ हुन्छ
नदेख्दा मुटु दुख्छ देख्दा नि मन रुन्छ
अँगालोमा बाँधिएर रोइरहौँ झैँ हुन्छ
राजेश रुम्बा लामा ‘अतृप्त’
