Skip to content

सपनीमा मैले आज

  • by


सपनीमा मैले आज बन्द एउटा खाम देखेँ
खोली हेर्दा खामभित्र नेपाल भन्ने नाम देखेँ

आँखा अझै बन्दै थिए अघि बढ्दै गए म नि
साक्षात मलाई दर्शन दिने बुद्धसँगै राम देखेँ

बालुवामा तातो हावा खाँदै अझै बढ्दै गएँ
पर-पर मेरो आफ्नै देशसँगै गाम देखेँ

कसो-कसो एकासी म डुब्न पुगे सागरमा
कम्पन छुट्दा जाडो लाग्दा न्यानो तात्तो घाम देखेँ

सपनी थ्यो आखिर मैले फेरि पनि ब्युँझिनु थ्यो
ब्युँझे पछि मरुभूमीमा गर्नु पर्ने काम देखेँ ।

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *