छिन्मै उठ्छौ छिन्मै बस्छौ पागल भाकै हौ त ?
छिन्मै रुन्छौ छिन्मै हाँस्छौ पागल भाकै हौ त ?
जिन्दगी यो रङ्गमञ्च तिमी रङ्गकर्मी
गाउँदा गाउँदै नाच्छौ पागल भाकै हौ त ?
संगालेर खुसीहरू मान्छे बाँच्न खोज्छ
भाको खुसी किन मास्छौ ? पागल भाकै हौ त ?
ख्याल छैन समयको मन लाग्दो गर्छौ
मध्यान्हमा तिमी बास्छौ पागल भाकै हौ त ?
अस्तित्व त्यो कायम् राख्न मान्छे लागि पर्छन
आफ्नै वंश तिमी नास्छौ पागल भाकै हौ त ?
राजेश रुम्बा लामा ‘अतृप्त’
