केटा: ए कान्छी तिम्रो त्यो अधरै राम्रो ….
केटी: भो कान्छा तिम्रो त्यो नजरै राम्रो ………
केटा:
जिउडाल हेर्दा लोभै लाग्दो शिर सुन्दर हिम झैं
रित्याएर आफ्नो संसार तिमIलाई नै दिम झैँ
केटी :
कोमल रहेछ त्यो दिल तिम्रो उस्तै मोहनी बोली
मलाई पनि दिम झैं लाग्यो सारा दिल खोली
केटा:
यो मन मात्रै कोमल होइन ढुंगा पनि गल्छ होला
तिम्रो रुप रंग देखि लाली गुराँश जल्छ होला
केटी:
हेर्ने नजर सुन्दर भए पत्थर पनि नरम लाग्छ
धेरै बयान नगर्नु भो आफै देखि सरम लाग्छ
केटा: ए कान्छी तिम्रो त्यो अधरै राम्रो……….
केटी: भो कान्छा तिम्रो त्यो नजरै राम्रो ……….
केटा: ए कान्छी………
केटी: भो कान्छा……………
राजेश रुम्बा लामा ‘अतृप्त’
