सपनाको कुरा नगर तिमी बिपनै त घर्की सक्यो
नआऊ फाल्न तिम्रो जीवन मन मुटु चर्की सक्यो
यही हालतमा अपनाएर पापको खोली तर्नु छैन
निर्मल तिम्रो सिउँदो माथि मैले सिन्दुर भर्नु छैन
हाँसो छोड दुख पर्दा छैन आँशु धर्की सक्यो
नआऊ फाल्न तिम्रो जीवन मन मुटु चर्की सक्यो
टाढै बसी सम्झे हुन्छ सक्छौ माया गर्दा हुन्छ
नजिक नआऊ बिन्ती अब यो मुटुमा दर्द हुन्छ
दुइ दिन जिउँछु एकान्तमा छैन सबै तर्की सक्यो
नआऊ फाल्न तिम्रो जीवन मन मुटु चर्की सक्यो
सपनाको कुरा नगर तिमी बिपनै त घर्की सक्यो
नआऊ फाल्न तिम्रो जीवन मन मुटु चर्की सक्यो
राजेश रुम्बा लामा ‘अतृप्त’