Skip to content

उराठ यो जिन्दगीमा रङ्ग छैन

  • by


उराठ यो जिन्दगीमा रङ्ग छैन
आशाहरू मरिसके उमङ्ग छैन

खुसी हुन भाग्यमा नै हुनुपर्छ
अभागी छु दु:ख मात्रै छुनुपर्छ
मेरो आकाशमा नौ गंगा छैन
त्यसैले त यो मन् चङ्गा छैन

हरिया ती पातहरू सबै झर्छन्
रोपेका ती फूलहरू सबै मर्छन्
सायद ममा फूल गोड्ने ढ्ङ्ग छैन
आशाहरू मरिसके उमङ्ग छैन

उराठ यो जिन्दगीमा रङ्ग छैन
आशाहरू मरिसके उमङ्ग छैन

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *