स्वाभिमान ओढेर
म विचारको पहाड बोकेर
सफलताको शिखर चुम्न
जसै लम्किन्छु
एक हुल ईच्छा आकांक्षा बाटो छेक्दछ
म विचारको पहाड नबिसाई
बाटो छोड्न भन्दछु
ऊ मान्दैन
ऊ प्रलोभन देखाउँछ
म मान्दिन
ऊ धम्की दिन्छ
म फेरि मान्दिन
ऊ फेरि जबरजस्ती गर्छ
म प्रतिकार गर्छु
ईच्छा आकांक्षा ढालेर अघि बढ्छु
कता कताबाट
एक अगांलो बन्धनहरू आएर
शिरदेखि पाउसम्मै बेरिन्छ
म जान चाहन्छु
मलाई जाने मार्ग प्ररस्त गर
मेरो अनुनय मेरो बिनय हुन्छ
बन्धनहरूसँग
ऊ कानमा तेल हालेर बस्छ
म कोट्याउँछु
म भन्छु मलाई सफलता भेट्नुछ
यात्रालाई निरन्तरता दिनुछ
अब हामी बिच कन्भर्सेसन् हुन्छ
अनि एउटा कम्प्रोमाईज हुन्छ
आउँदा अहमताको एक भारी सारी ल्याईदिने
म देख्छु मेरो स्वाभिमान ऊ पर
क्षितिजमा
टाँगिएको रातो घामसँगै
मेरो सफलता भेट्न
मैले स्वाभिमानलाई दुत्कारेर
आज ऊ अझै पनि ऊ पर पर प्रज्वल्यमान छ ।
राजेश रुम्बा लामा ‘अतृप्त’

hi
बिचमा अंग्रेजि शब्द हाल्नु भएछ , अलि खल्लो भयो ।