बादलुले छाई दिंदा मनको खोला नाला
अनियासै मुटु दुख्छ फुट्छ आँशु ताल
जति उमेर ढल्दै गयो बोझ बढेपछि
धमेरा नै सल्कियो आज बैशा ढलेपछि
जति मरी मेटे पनि भैयो रित्तो ढाला
त्यसैले त दुख्छ मुटु फुट्छ आँशु ताल
उकाली नि निक्कै चढ्यो ओराली नि झरें
कैयौँ काटे घुम्तीहरू कैयौँ खोली तारें
खुशी शुन्य हातमा लाग्यो कतै फालाफाल
अनियासै मुटु दुख्छ फुट्छ आँशु ताल
बादलुले छाई दिंदा मनको खोला नाला
अनियासै मुटु दुख्दा फुट्छ आँशु ताल
राजेश रुम्बा लामा ‘अतृप्त’
